राजधानीमा ‘लुटेरा’माथि प्रहरीले चलायो गोली, १० जना पक्राउ
काठमाडौं । काठमाडौंको मूलपानीमा गोली प्रहार गरी प्रहरीले १० जनलाई पक्राउ गरेको छ । बुधबार (माघ १४) राति लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।
लुटपाट गर्न हिँडेको समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास गरिएपछि गोली चलाइएको परिसरले जनाएको छ । प्रहरीले चलाएको गोली लागेर एकजना घाइते छन् । घाइते हुनेमा विनय तामाङ रहेका प्रहरीले जनाएको छ ।पक्राउ गरिएका १० जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको उल्लासपूर्ण सहभागिता
- २ प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो
- ३ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- ४ आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने अनुमान
- ५ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ६ आज गणतन्त्र दिवस मनाइदै
- ७ नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५ हजार ५ सयले सस्तो

तपाईको प्रतिक्रिया दिनुहोस