भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको छ ।आज बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।‘दोस्रो महामन्त्रीको रुपमा भुपदेव शाह मनोनयन अनुमोदन हुनुभएको छ,’उनले भने
त्यस्तै रास्वपाले सचिवालयमा दुई जना सदस्य थप गर्दै सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने निर्णय गरेको पनि उनले जानकारी दिए ।
बैठकले रास्वपाको लेवी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ । जस अनुसार सांसदबाट १५ हजार, मन्त्रीबाट १८ हजार र स्वकीय सचिवबाट २ हजार मासिक लिने निर्णय गरेको छ । शाह प्रधानमन्त्री बालेन शाहको कोटाबाट महामन्त्री बनेका हुन् । बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सुनचाँदीको मुल्य बढ्यो
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ उपत्यकामा चल्यो रात्रिकालीन साझा बस
- ४ आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै
- ५ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ६ दुई दशकपछि मुख्यमन्त्रीको कुर्सीबाट ओर्लिए नितिश कुमार
- ७ आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार

तपाईको प्रतिक्रिया दिनुहोस