टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान
काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको हो।
थुनछेक बहसका लागि प्रहरीले बिहीबार अधिकारीलाई अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशपछि उनलाई काठमाडौंको सुन्धारास्थित जगन्नाथ देवल कारागार पठाइएको छ।
कुमार चिमोरियाको जाहेरीका आधारमा प्रहरीले अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन Interpol मार्फत रेड कर्नर नोटिस जारी गरेको थियो। त्यसपछि उनलाई पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी मुद्दाको थप सुनुवाइ अदालतमा जारी रहनेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- २ प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो
- ३ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ४ पश्चिमी न्यून चापीय प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हुरीको सम्भावना
- ५ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ६ मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि
- ७ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स

तपाईको प्रतिक्रिया दिनुहोस