Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २३ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारआजपा बारा–२ का उम्मेदवार आत्माराम साहको घोषणाा : ‘गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउछु’

    आजपा बारा–२ का उम्मेदवार आत्माराम साहको घोषणाा : ‘गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउछु’


    कलैया, ५ फागुन । आम जनता पार्टी (आजपा)का नेता एवं बारा–२ का उम्मेदवार आत्माराम प्रसाद साहले घरदैलो एवं चुनावी छलफल, भेटघाटलाई तिब्रता दिएका छन् ।

    बाराको पचरौता नगरपालिकाको बेनौली, बेलदारी, बैरिया लगायतका गाउँमा घरदैलो गरेका साहले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ‘मोबाइल’ छापमा मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी बनाउन अपिल गरेका छन् ।

    साहले बाराको समग्र विकासका साथै धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थल गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाराको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतको विकासका लागि काम गर्ने मतदाता एवं बाराली जनतासंग उनले प्रतिबद्धता गरेका छन् ।

    पूर्ण साक्षर राष्ट्र, स्मार्ट कक्षाकोठा र ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना अनुसार काम गर्ने उनले जनाएका छन् । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता साहले व्यक्त गरेका छन् ।
    प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, निर्वाचित जनप्रतिनिधिले काम नगरेमा कार्यकालमै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता आजपाले आफ्नो घोषणापत्रमार्फत व्यक्त गरेको बताउदै सोही अनुसार आफूले काम गर्ने बताए ।
    यसैगरी पार्टीको घोषणापत्र अनुसार ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने, नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना पुरा गर्ने उनले जनाएका छन् । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी आजपाले गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई

    परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार)देखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा

    विश्व वातावरण दिवस आज : जलवायु कार्यमा जोड, वातावरण संरक्षणमा…

    काठमाडौँ । विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा यो

    पशुपति सेभिङ एण्ड क्रेडिटका १४० ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली

    टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनामा राखेर

    Techie IT