Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २३ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचाररूपन्देहीमा जसपाका उम्मेदवार नै एमालेमा प्रवेश

    रूपन्देहीमा जसपाका उम्मेदवार नै एमालेमा प्रवेश


    बुटवल। जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्।जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू जसपा परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।
    ‘उम्मेदवारी दर्ता गरी जनतासँग भेटघाट गर्दा रुपन्देही ३ का मतादाताको मनोभावना एमाले भन्दा अरू देखिएन, पछिल्लो समय राष्ट्रियता कमजोर बनिरहेको अवस्थामा राष्ट्रियताको विषयमा पनि एमाले नै महत्त्वपूर्ण शक्ति भएको निष्कर्ष निकाल्दै एमाले प्रवेश गर्ने निर्णय गरेको हुँ,’ यादवले पत्रकार सम्मेलनमा भने।

    ‘देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारी समेत फिर्ता लिँदै नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछु,’उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।यादवलाई रुपन्देही क्षेत्र नं.३ का उम्मेदवार वासुदेव घिमिरे, क्षेत्र नं.४ का उम्मेदवार प्रमोद कुमार यादव, एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकाल, गुमादेवी आचार्य, जिल्ला अध्यक्ष यज्ञ गैरे लगायतले एमालेमा स्वागत गरेका थिए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई

    परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार)देखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा

    विश्व वातावरण दिवस आज : जलवायु कार्यमा जोड, वातावरण संरक्षणमा…

    काठमाडौँ । विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा यो

    पशुपति सेभिङ एण्ड क्रेडिटका १४० ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली

    टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनामा राखेर

    Techie IT