Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २० बुधबार

    अपडेट
    गृहपृष्ठखेलकुदइंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

    इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल


    काठमाडौं।आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग आइतबार खेल्दै छ ।शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एसोसियट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए । हुन पनि इंग्ल्यान्ड एकाध खेलमा ‘सरप्राइजिङ’ हिसाबले नसोचेको टोलीसँग पराजित भइरहेको हुन्छ । नेपाली क्रिकेट टिमका पेस बलर सोमपाल कामीले विश्वकप खेल्न आउनुअघि इंग्ल्यान्डलाई नेपालले ‘अपसेट’ गर्न सक्ने समेत बताएका थिए ।आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध खेल्दा नेपाल त्यही एउटा सरप्राइजको खोजीमा समेत हुनेछ ।

    तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ र इंग्ल्यान्डसँगकै खेलमा जित निकाल्न सके आगामी खेलका लागि नेपाली टोलीको मनोबल उच्च रहनेछ ।नेपालको सम्भावित ११ स् कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, शेर मल्ल

    इंग्ल्यान्डले भने खेलका लागि शनिबार नै प्लेइङ ११ सार्वजनिक गरिसकेको छ । इंग्ल्यान्डले नेपालविरुद्ध बलियो प्लेइङ ११ मैदानमा उतार्दै छ ।इंग्ल्यान्डको प्लेइङ ११ स् फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्‍यारी ब्रूक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर, लुक वूड सम्भावित खेलाडी हुनेछन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मलेसियाको जितसँगै नेपाल एसियन गेम्समा छनोट

    काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली जापानमा आयोजना हुने आगामी एसियन गेम्सका लागि छनोट भएको छ। सिंगापुरमा जारी एसियन

    काभा महिला भलिबलको उपाधिका लागि आज इरान र काजकिस्तान भिड्दै

    काठमाडौं । जारी काभा महिला भलिबल च्याम्पियनसिप  अन्तर्गत काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । काठमाडौंको राष्ट्रिय खेलकुद

    नेपाली एमएमए फाइटर रविन्द्र ढाँट सेमिफाइनलमा

    काठमाडौं । रविन्द्र ढाँट ले प्रतिष्ठित ‘रोड टु यूएफसी’ सिजन ५ अन्तर्गत ब्यान्टमवेट विधाको सेमिफाइनलमा स्थान बनाएका छन् । चीनको

    पूजा महतोको शानदार अर्धशतक, चीनसामु नेपालले राख्यो १२६ रनको लक्ष्य

    काठमाडौँ । पूजा महतोको उत्कृष्ट अर्धशतकको मद्दतमा नेपालले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत चीनसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ

    नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै

    काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन्

    माल्दिभ्समाथि सानदार जित निकाल्दै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

    काठमाडौँ । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित

    Techie IT