Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २३ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारवीरगंजलाई आर्थिक राजधानी र ठाकुरराम क्याम्पसलाई विश्व विद्यालय बनाउने : रन्जु साह

    वीरगंजलाई आर्थिक राजधानी र ठाकुरराम क्याम्पसलाई विश्व विद्यालय बनाउने : रन्जु साह


    वीरगंज, २३ माघ | आम जनता पार्टी (आजपा)का नेतृ एवं पर्सा क्षेत्र नं. २ की उम्मेदवार रन्जुकुमारी साहले वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्व विद्यालय र नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    पर्सा क्षेत्र नं. २ को पर्सागढी, फुलवरिया, रघुनाथपुर, बहुअर्वा, सोङगड, पकडिया, मानवा, एकटांगा, हर्दिया सहित विभिन्न गाउँमा मतदाता एवं पार्टी नेताकार्यकर्तासंगको आज चुनावी छलफल तथा भेटघाटका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

    ‘म अहिले चुनावी छलफल तथा भेटघाटको क्रममा छु । मैले निर्वाचनमा बिजयी भएपछि ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्व विद्यालय, नारायणी अस्पताललाई मेडिकल बनाउने, नारायणी रंगशाला, आदर्शनगरको रंगशाला लगायतका यहाँका महत्वपूर्ण बिषय काम गर्ने प्रतिबद्धता मेरो छ,’ पर्सा–२ की उम्मेदवार साहले भनिन् ।
    पर्साबाट आम जनताको भोट लिएर चुनाव जित्ने, सांसद, मन्त्री हुने तर काम नगर्ने समस्याले आम मतदाताले आक्रोश व्यक्त गरिरहेको उनले बताइन । पर्सा मुलुककै आर्थिक राजधानी र प्रवेशद्धार भए पनि यहाँको विकासमा यहाँबाट भोट लिएर सांसद मन्त्री हुनेहरुले ध्यान नदिएको गुनासो आइरहेको उनले बताइन् ।

    वीरगंजलाई मुलुककै आर्थिक राजधानी बनाउनका लागि पहल गर्ने बताउदै साहले यहाँको उधोग, व्यापार, व्यवसायलार्य व्यवस्थित गर्दै थप रोजगारको सृजना गर्ने, स्थानीयलाई रोजगार, शिक्षा, स्वास्थ्य, यातायात लगायतको क्षेत्रमा प्रभावकारी काम गर्ने उनले बताइन् ।

    नेताहरुले ध्यान नदिदा एकटांगाको पुल १९ बर्षदेखी अधुरो, अपुरो रहेकाले सबभन्दा पहिला त्यसलाई निर्माण सम्पन्न गर्न पहल गर्ने उनले बताइन् । यस्तै हर्दिया, तिलावको पुल नबन्दा यहाँका सर्वसधारण नागरिकले दुख व्यवहोर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि काम गर्ने साहले जनाएकी छन् ।

    ‘आफू बिजयी भएपछि पार्टीका श्रदेय अध्यक्ष प्रभु साहको श्रीमती तथा रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना साहले आफ्नो पालिकामा गर्नुभएको कामलाई यहाँ लागु गर्नेछु,’ आजपा नेतृ साहले भनिन् ।

    मौलापुर नगरपालिकामा शुन्य कर नीति अनुसार कर लाग्दैन, पानी, बिजुली, शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाहरु निशुल्क रहेको छ । छोरीको जन्मदेखी, शिक्षा, स्वास्थय, विवाह लगायतमा पालिकाले सहयोग गर्दै आएको छ । छोरीको विवाहमा पालिकाले अभिभावकको भुमिका निर्वाह गर्दै ३० हजार नगद सहयोग गर्दै आएको बताउदै उनले पर्सामा पनि यो सबै सेवासुविधा लागु गरिने बताइन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई

    परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार)देखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा

    विश्व वातावरण दिवस आज : जलवायु कार्यमा जोड, वातावरण संरक्षणमा…

    काठमाडौँ । विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा यो

    पशुपति सेभिङ एण्ड क्रेडिटका १४० ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली

    टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनामा राखेर

    Techie IT