Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २० बुधबार

    अपडेट
    गृहपृष्ठविश्वनाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या

    नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या


    काठमाडौं।नाइजेरियाको क्वारा प्रान्तमा बन्दुकधारीहरूको एक समूहले अन्धाधुन्ध आक्रमण गरी कम्तीमा १६२ जनाको हत्या गरेको छ ।रेड क्रसका क्वारा प्रान्तका सचिव बाबाओमो अयोदेजीका अनुसार १६२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । केही मानिस अझै बेपत्ता छन् ।जनवरीको अन्त्यतिर नाइजेरियाली सेनाले आतंकवादी व्यक्तिहरूविरुद्ध सफल अभियान चलाएको स्थानमा यो घटना भएको हो ।

    काईआमा क्षेत्रका स्थानीय नेता सैदु बाबा अहमदले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार, आक्रमणकारीबाट बच्न धेरै मानिस नजिकैका झाडीहरूमा लुकेका थिए । अहमदका अनुसार फेब्रुअरी ३ को साँझ ६ बजेतिर बन्दुकधारीहरू वोरो गाउँमा प्रवेश गरी पसलहरू र स्थानीय राजाको दरबारमा आगो लगाइदिएका थिए । परम्परागत राजाको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

    नाइजेरियाली सेनाले गत जनवरी ३० मा क्वारा प्रान्तमा करिब १५० जना आतंकवादीहरूलाई मारेको दाबी गरेको थियो । सेनाले बाँकी रहेका केही आतंकवादीहरू जंगलतर्फ भागेको बताएको थियो ।

    नाइजेरियाका धेरै भागहरूमा अहिले हतियारधारी समूहहरूको दबदबा छ । स्थानीय रूपमा डकैत भनिने यी समूहहरूले गाउँहरूमा लुटपाट गर्ने र फिरौतीका लागि अपहरण गर्ने कार्य गर्दै आएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    भारत–नेपाल सीमा समस्या द्विपक्षीय रूपमा समाधान गर्ने भारतको स्पष्ट धारणा

    एजेन्सी ।  भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक नभएको स्पष्ट पारेको छ। नियमित मिडिया ब्रिफिङमा भारतीय

    ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु

    काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय

    सी–पुटिन भेट : चीन–रूस सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी

    एजेन्सी । चिनियाँ राष्ट्रपति Xi Jinping र रुसी राष्ट्रपति Vladimir Putin बीच बेइजिङमा उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। चीन भ्रमणका

    चीन भ्रमण सकेर अमेरिका फर्किए ट्रम्प, सीमित सहमतिमै सकियो शिखर…

    काठमाडौं । अमेरिकी राष्ट्रपति Donald Trump तीन दिने चीन भ्रमण सम्पन्न गरेर शुक्रबार अमेरिका फर्किएका छन् । विश्वका दुई ठूला

    उत्तर प्रदेशमा भीषण आँधी–वर्षा: ८९ जनाको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौँ । भारतको उत्तर प्रदेश मा आएको शक्तिशाली आँधी, वर्षा र असिनापानीका कारण ठूलो जनधनको क्षति भएको छ । राज्य

    आज विश्व रेडक्रस दिवस मनाइदै

    काठमाडौँ । आज विश्व रेडक्रस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्ष मे ८ का दिन

    Techie IT