Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २० बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारमौसमको अवस्था अब विस्तारै गर्मी चढ्ने

    मौसमको अवस्था अब विस्तारै गर्मी चढ्ने


    काठमाडौं ।हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । तर, यो कमजोर भइसकेको मौसम विज्ञान विभागले जनाएको छ ।देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ ।तराईमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।
    बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियसम्म पुग्नेछ ।तराईमा बिहान हुस्सु र कुहिरो लागेको छ, यो मध्याह्नपछि हट्दै जानेछ ।

    दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । तर, मध्याह्नपछि हट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।काठमाडौंमा भने वर्षाको सम्भावना छैन् ।विभागले राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।वर्षा गराउने प्रणाली मंगलबार साँझबाट नै कमजोर भइसकेको छ ।अब क्रमशः तापक्रम बढ्दै जानेछ । तापक्रम बढ्दै गएर जाडो कम हुँदै जानेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रवि लामिछाने र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट, नेपाल–भारत सम्बन्ध मजबुत…

    काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्

    रवि लामिछाने र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट, नेपाल–भारत सम्बन्ध मजबुत…

    काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्

    महानगर यातायातले थप्यो १६ नयाँ विद्युतीय बस, चक्रपथमा सेवा सुरु

    काठमाडौं ।  महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि काठमाडौं उपत्यकाको

    पुराना दललाई फसाउन आयोग गठन गरिएको ओलीको आरोप

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका

    रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।भारत भ्रमणको

    अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७…

    काठमाडौं । नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार ३ गते अछामको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनमा ‘रामारोशन स्काई

    Techie IT