Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १८ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारसार्वजनिक सवारीको नयाँ दर्ता अस्थायी रूपमा रोक

    सार्वजनिक सवारीको नयाँ दर्ता अस्थायी रूपमा रोक


    काठमाडौंयातायात व्यवस्था विभाग ले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता अस्थायी रूपमा रोक्न निर्देशन दिएको छ ।

    सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा बढ्दो वायु प्रदूषण, सवारी चाप तथा ट्राफिक जामका कारण आवागमनमा समस्या बढ्दै गएको भन्दै विभागले यस्तो निर्णय गरेको जनाएको छ ।

    विभागका निर्देशक मणि राम भुसाल ले बुधबार सातै प्रदेश सरकारका सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक यातायात क्षेत्रमा देखिएको असहजता व्यवस्थापन गर्न नयाँ दर्ता नियन्त्रण आवश्यक भएको उल्लेख गरेका छन् ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४ उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित कारण देखिएमा सवारीसाधनको दर्ता रोक्न सकिने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ ।

    सोही व्यवस्था अनुसार अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारीसाधन, विद्युतीय सार्वजनिक सवारीसाधनसहित, को नयाँ दर्ता रोक्न प्रदेश तथा स्थानीय तहका निकायलाई निर्देशन दिइएको विभागले स्पष्ट पारेको छ ।

    विभागले उक्त निर्देशन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहमा पठाएको जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय

    काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै संसद्को रोस्ट्रमबाटै माफी माग्नुपर्ने

    आज विश्व बुवाआमा दिवस : आमाबुवाको योगदानप्रति सम्मान र कृतज्ञता…

    काठ काठमाडौं । आज विश्वभर विश्व बुवाआमा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन्तानको पालनपोषण, शिक्षा, संस्कार तथा उज्ज्वल भविष्य

    विपक्षीको विरोधबीच प्रतिनिधिसभा नियमावली पारित, सभामुखलाई व्याख्याको अन्तिम अधिकार

    काठमाडौं । विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधिसभाले नयाँ प्रतिनिधिसभा नियमावली पारित गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पारित गरेको नियमावलीमा

    रवि लामिछाने आज भारत भ्रमणमा, भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन

    प्रधानमन्त्री बालेनको सीमा सम्बन्धी अभिव्यक्तिप्रति विज्ञहरूको आपत्ति, स्पष्टीकरण माग

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको विषयमा सीमा तथा भूगोलका

    प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही…

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल–भारत सीमा विवाद एकतर्फी नभई दुवै देशसँग सम्बन्धित विषय भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा

    Techie IT