मलेसियाको जितसँगै नेपाल एसियन गेम्समा छनोट
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली जापानमा आयोजना हुने आगामी एसियन गेम्सका लागि छनोट भएको छ।
सिंगापुरमा जारी एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत मंगलबार समूह ‘ए’ को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि नेपाल र मलेसिया दुवैले एसियन गेम्समा स्थान सुरक्षित गरेका हुन्।
नेपालले आफ्नो पहिलो खेलमा चीनलाई २१२ रनको फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको थियो। अब नेपालले बिहीबार मलेसियासँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका रहेको छ।
प्रतियोगिताबाट सेमिफाइनलमा पुग्ने चार टोली एसियन गेम्सका लागि छनोट हुने प्रावधान छ। समूह ‘बी’ मा हङकङ, ओमान, सिंगापुर र बहराइन रहेका छन्।
पुरुष क्रिकेटतर्फ एसियन गेम्समा कुल १० राष्ट्रको सहभागिता रहनेछ। आयोजक जापानसहित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का पूर्ण सदस्य राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान यसअघि नै स्वतः छनोट भइसकेका छन्।
नेपालको यो उपलब्धिले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को महत्वपूर्ण सफलता थपेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको उल्लासपूर्ण सहभागिता
- २ संसद्का दुवै सदनको बैठक बस्दै
- ३ आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने अनुमान
- ४ प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो
- ५ पूजा महतोको शानदार अर्धशतक, चीनसामु नेपालले राख्यो १२६ रनको लक्ष्य
- ६ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ७ आज गणतन्त्र दिवस मनाइदै

तपाईको प्रतिक्रिया दिनुहोस