प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै संसद्को रोस्ट्रमबाटै माफी माग्नुपर्ने निष्कर्ष निकालेका छन्।
सोमबार (जेठ १८) सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी पाँच दलको संयुक्त बैठकले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रिय हित र नेपालको सार्वभौमसत्तासँग सम्बन्धित संवेदनशील विषय भएकाले गम्भीर चासोको विषय बनेको जनाएको हो।
बैठकपछि जारी साझा धारणा अनुसार प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादका सन्दर्भमा दिएको भनाइ तथा लिपुलेक, कालापानीलगायतका विषयमा बेलायत सरकारलाई समेत जोडेर गरेको टिप्पणीप्रति विपक्षी दलहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
विपक्षी दलहरूको निष्कर्षमा प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा उभिएर “नेपालले भारतको भूमि मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउनुपर्ने उल्लेख गरिएको छ। उनीहरूले उक्त भनाइ नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितविपरीत रहेको दाबी गरेका छन्।
प्रधानमन्त्रीले संसद्मार्फत आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने र त्यसो नभएसम्म संसद् बैठकको नियमित कार्यसूची अघि बढाउन नदिने तयारी विपक्षी दलहरूले गरेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- २ ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
- ३ प्रतिनिधिसभा बैठक आज बस्दै, पर्यटन विधेयकदेखि निर्वाचनसम्बन्धी विधेयक पारितसम्मका प्रस्ताव प्रस्तुत हुने
- ४ गोरखा मिडिया नेटवर्कलाई काठमाडौं महानगरको १५ दिने अन्तिम चेतावनी
- ५ सुशासन र आर्थिक समृद्धिमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह
- ६ आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको उल्लासपूर्ण सहभागिता
- ७ गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस