Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १८ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिप्रधानमन्त्री बालेनको सीमा सम्बन्धी अभिव्यक्तिप्रति विज्ञहरूको आपत्ति, स्पष्टीकरण माग

    प्रधानमन्त्री बालेनको सीमा सम्बन्धी अभिव्यक्तिप्रति विज्ञहरूको आपत्ति, स्पष्टीकरण माग


    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको विषयमा सीमा तथा भूगोलका विज्ञहरूले गम्भीर आपत्ति जनाएका छन्।

    सीमाविद् बुद्धिनारायण श्रेष्ठ ,  प्राध्यापक डा. पीताम्बर शर्मा , प्राध्यापक डा. नरेन्द्र खनाल , डा. जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् सीमाविद् प्रभाकर शर्मा  तथाडा. द्वारिकानाथ ढुङ्गेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले आफूहरूलाई आश्चर्यचकित बनाएको बताएका छन्।

    विज्ञप्तिमा प्रधानमन्त्रीले कुन तथ्य र आधारका आधारमा यस्तो अभिव्यक्ति दिनुभएको हो भन्ने स्पष्ट पार्न आग्रह गरिएको छ। उनीहरूले आजसम्म नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने कुनै आधिकारिक निष्कर्ष वा जानकारी सार्वजनिक नभएको उल्लेख गरेका छन्।

    “नेपालले भारतको सीमा मिचेको भन्ने कुरा अहिलेसम्म कुनै आधिकारिक निकायबाट सार्वजनिक रूपमा सुनिएको थिएन। यस्तो अभिव्यक्ति पहिलो पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट नै आएको छ,” विज्ञप्तिमा उल्लेख छ।

    विज्ञहरूले नेपाल–भारत सीमा सम्बन्धी विषय राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील मुद्दा भएकाले यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा मात्र अभिव्यक्ति दिनुपर्ने बताएका छन्। साथै, प्रधानमन्त्रीले सार्वजनिक रूपमा आफ्नो भनाइबारे स्पष्टीकरण दिनुका साथै आम नागरिकमा उत्पन्न भ्रम हटाउन आवश्यक कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन्।

    उनीहरूले प्रतिनिधिसभामा व्यक्त उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन सभामुखसमक्ष समेत आग्रह गरेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय

    काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै संसद्को रोस्ट्रमबाटै माफी माग्नुपर्ने

    आज विश्व बुवाआमा दिवस : आमाबुवाको योगदानप्रति सम्मान र कृतज्ञता…

    काठ काठमाडौं । आज विश्वभर विश्व बुवाआमा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन्तानको पालनपोषण, शिक्षा, संस्कार तथा उज्ज्वल भविष्य

    विपक्षीको विरोधबीच प्रतिनिधिसभा नियमावली पारित, सभामुखलाई व्याख्याको अन्तिम अधिकार

    काठमाडौं । विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधिसभाले नयाँ प्रतिनिधिसभा नियमावली पारित गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पारित गरेको नियमावलीमा

    रवि लामिछाने आज भारत भ्रमणमा, भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन

    प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही…

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल–भारत सीमा विवाद एकतर्फी नभई दुवै देशसँग सम्बन्धित विषय भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा

    प्रधानमन्त्री बालेन बाहिरिएपछि प्रतिनिधिसभामा विवाद, सभामुखद्वारा सांसदलाई मर्यादित व्यवहारको चेतावनी

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बैठक कक्षबाट बाहिरिएसँगै सदनमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना

    Techie IT