Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १९ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारतातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ


    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा उच्च गर्मीको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।“मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको  विभागले भनेको छ ।

    विभागले राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । कोसी प्रदेशको पहाडी र तराईलगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी प्रदेशको पहाडी र हिमाली भूभागलगायत गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७…

    काठमाडौं । नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार ३ गते अछामको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनमा ‘रामारोशन स्काई

    भारत–नेपाल सीमा समस्या द्विपक्षीय रूपमा समाधान गर्ने भारतको स्पष्ट धारणा

    एजेन्सी ।  भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक नभएको स्पष्ट पारेको छ। नियमित मिडिया ब्रिफिङमा भारतीय

    मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा…

    काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन उत्साहजनक रूपमा बढ्दै गएको छ। सन् २०२६ को मे महिनामा कुल १ लाख २

    सुधन गुरुङ प्रकरण : छानबिन समितिको म्याद पाँच दिन थप,…

    काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङविरुद्ध भइरहेको छानबिनका लागि गठन गरिएको समितिको कार्यावधि

    प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु

    प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु

    Techie IT