Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १९ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीति१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    १२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ


    काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन् ।

    जसमा कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको मनोनयन दर्ता भएको छ । त्यसैगरी सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत बहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारी निर्वाचित भएका छन् ।

    साथै, रास्वपाकै समर्थनमा प्रमुख प्रतिपक्षी दलले पाउँदै आएको सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका भरत खड्का पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा रास्वपाका तर्फबाट गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी परेको थियो । यो समितिको सभापतिमा कार्की निर्वाचित भए ।

     शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा.ओजस्वी शेरचन र संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की विजयी भएका छन् ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७…

    काठमाडौं । नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार ३ गते अछामको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनमा ‘रामारोशन स्काई

    भारत–नेपाल सीमा समस्या द्विपक्षीय रूपमा समाधान गर्ने भारतको स्पष्ट धारणा

    एजेन्सी ।  भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक नभएको स्पष्ट पारेको छ। नियमित मिडिया ब्रिफिङमा भारतीय

    मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा…

    काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन उत्साहजनक रूपमा बढ्दै गएको छ। सन् २०२६ को मे महिनामा कुल १ लाख २

    सुधन गुरुङ प्रकरण : छानबिन समितिको म्याद पाँच दिन थप,…

    काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङविरुद्ध भइरहेको छानबिनका लागि गठन गरिएको समितिको कार्यावधि

    प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु

    प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु

    Techie IT