Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ४ शुक्रबार

    अपडेट
    गृहपृष्ठखेलकुदटी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा

    टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा


    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० र एकदिवसीय खेलका लागि अलग अलग कप्तान बनाएको छ । दिपेन्द्र सिंह ऐरीलाई टी-२० को कप्तान बनाइएको छ भने रोहित पौडेलले एकदिवसीय खेलमा मात्र कप्तानी गर्ने भएका छन् । दिपेन्द्र सिंह ऐरीलाई टी-२० को कप्तान बनाइएको छ भने रोहित पौडेलले एकदिवसीय खेलमा मात्र कप्तानी गर्ने भएका छन् ।क्यानले टियु क्रिकेट मैदानमा अप्रिल २० र २१ मा हुने नेपाल र युएईबीचको टी-२० खेलको लागि ऐरीको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

    त्रिवि क्रिकेट मैदानमा वैशाख ६ र ७ गते हुने टी–२० आई सिरिजका दुवै खेल फल्डलाइटमा खेलाइनेछ । खेल साँझ ५ बजेपछि सुरु हुने । उक्त सिरिजलाई नेपालले लिग–२ अघि तयारीका रूपमा लिएको छ ।

    यसैबीच, आइसिसी मेन्स क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । जसमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल रहेका छन् ।

    नेपालले लिग–२ अन्तर्गत घरेलु मैदानमा दुई वटा त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ । पहिलो सिरिजमा नेपाल, ओमान र युएईबीच वैशाख १२ देखि २२ गतेसम्म प्रतिस्पर्धा हुनेछ । त्यसपछि वैशाख २९ देखि जेठ ८ गतेसम्म नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच अर्को सिरिज सञ्चालन हुनेछ ।

    घरेलु समर्थन र परिस्थितिको फाइदा उठाउँदै नेपालले सशक्त प्रदर्शन गर्न सके छनोटको सम्भावना बलियो बन्नेछ, अन्यथा यात्रा थप जटिल बन्नेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित

    काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आइपिएल) मा डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुरुवात गरेको छ। बैंगलुरुले दिएको २४१ रनको

    करण केसीलाई क्यानले गर्यो कारबाही

    काठमाडौं|  सामाजिक सञ्जालमा दिएको विवादास्पद अभिव्यक्तिका कारण राष्ट्रिय टोलीका फास्ट बलर करण केसी कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ

    कोलकाताविरुद्ध लखनउको जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत केही बेरअघि सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सविरुद्ध ३ विकेटको जित निकालेको

    बंगलादेश दोस्रोपटक साफ यू–२० च्याम्पियन

    काठमाडौं । भारतलाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै बंगलादेशले दोस्रोपटक साफ यू–२० च्याम्प्यिनसिपको उपाधि जितेको छ । बंगलादेशले यसअघि सन् २०२४

    प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदै

    काठमाडौँ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज कर्णाली प्रदेशसँग खेल्दै छ ।खेलमा दुवै

    आईपीएलको खेल तालिका सार्वजनिक

    काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डिन प्रिमियर लिग (आईपीएल) २०२६ को उद्घाटन खेलमा सनराइजर्स हैदराबादसँग खेल्ने भएको छ

    Techie IT