‘बालेन र मबीच फुट हुँदैन, पक्ष–विपक्षमा नलाग्नुस्’ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आफ्नो कुनै विवाद वा फुट नरहेको स्पष्ट गरेका छन् ।
रास्वपाका सांसदहरूलाई आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापनका क्रममा बोल्दै सभापति लामिछानेले आफू र बालेनबीच विवाद रहेको भन्ने चर्चा निराधार भएको बताएका हुन् । उनले आफूहरू राजनीतिक रूपमा परिपक्व रहेको उल्लेख गर्दै फुटको अपेक्षा नगर्न आग्रह गरे ।
“हामी नयाँ हौँ, तर बेबकुफ होइनौँ,” उनले भने ।
लामिछानेले सांसदहरूलाई ‘बालेन पक्ष’ र ‘रवि पक्ष’ भनेर विभाजित नहुन चेतावनी दिँदै गुटबन्दीले पार्टीलाई कमजोर बनाउने बताए । उनले कुनै पक्षमा लागेको कारण केही सांसद मन्त्री बन्न नपाएको टिप्पणी गर्दै भविष्यमा टिकटसमेत गुम्न सक्ने संकेत गरे ।
उनले पार्टी र सरकार दुवैले देशको हितलाई केन्द्रमा राखेर काम गरिरहेको दाबी गरे । साथै अध्यादेशलगायत विषयमा सांसदहरू स्पष्ट हुनुपर्ने भन्दै नबुझेका विषय पार्टीभित्रै छलफल गर्न आग्रह गरे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ
- २ नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
- ३ आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
- ६ बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
- ७ दुई समितिको बैठक बस्दै, नीति समीक्षा र वित्तीय अनुशासनमा केन्द्रित छलफल

तपाईको प्रतिक्रिया दिनुहोस