Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १६ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारबज्रबाराही अस्पतालको सेवामा उत्कृष्टताका लागि जोड दिएका छौँ – नगरप्रमुख महर्जन

    बज्रबाराही अस्पतालको सेवामा उत्कृष्टताका लागि जोड दिएका छौँ – नगरप्रमुख महर्जन


    माधवप्रसाद घिमिरे
    पाटन (ललितपुर), २३ भदौ: गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बज्रबाराही अस्पतालको स्वास्थ्य सेवामा उत्कृष्टताका लागि जोड दिएका छौँ भन्ने भनाई राख्नुभएको छ।

    निजामती सेवा दिवसको अवसरमा बज्रबाराही चापागाउँ अस्पतालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी ललितपुरको समन्वयमा आइतबार रक्तदान कार्यक्रमको सुभारम्भका अवसरमा मन्तव्य राख्नुहुँदै नगरप्रमुख महर्जनले पहिलेको तुलनामा बज्रबाराही अस्पतालले उपलब्ध गराउने सेवा प्रभावकारी हुँदै गएको छ भन्दै अझै प्रभावकारी र गुणस्तरीय बनाउन जोड दिनुभयो।

    “सेवाग्राही सन्तुष्ट हुने क्रम बढ्दैछ, अस्पतालको सेवालाई अझै भरपर्दाे, विश्वासनीय र सहज बनाउन गोदावरी नगरपालिकाले दिने सहयोगलाई ध्यान दिएर काम गर्नेछौं, दशैं अगाडि नै अस्पताललाई डेन्टल मेसिनका लागि व्यवस्थापन गर्नेछौं, गोदावरी नगरपालिका र दक्षिण ललितपुरका तीन वटा गाउँपालिकालाई समेत सेवा दिने यस अस्पतालले विरामीको सहजताका लागि ध्यान दिन सक्नुपर्छ।” उहाँले भन्नुभयो।

    प्रमुख महर्जनले अनुशासनपूर्वक इमानदारीका साथ प्रभावकारी सेवा दिएर नागरिकको सन्तुष्टि आर्जन गर्न आग्रह गर्नुभयो। उहाँले ललितपुरमा रगतको आवश्यक पर्दा जिल्ला रेडक्रसले प्रभावकारी समन्वय गरेको छ भन्दै अझै प्रभावकारी रुपमा सेवा प्रवाहलाई जोड दिनुभयो।

    नेपाल रेडक्रस सोसाइटी ललितपुरका सभापति बाबुराजा महर्जनले ललितपुर रक्त सञ्चार केन्द्रबाट रक्तदान सेवा मार्फत रगत संकलन गरेर अत्यन्तै महत्त्वकासाथ विरामीलाई नि:शुल्क रुपमा रगत उपलब्ध गराइरहेको जानकारी गराउनुभयो।

    अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष रामहरि घिमिरेले अस्पतालको सेवालाई नागरिकमैत्री बनाउन लागिपर्ने बताउँदै विरामीहरुलाई सहज उपचारको व्यवस्थापनका लागि जोड दिने बताउनुभयो।

    मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अंकुर पौडेलले रक्तदान असामान्य कार्य भएको भन्दै एक जना मानिसले दिएको रगतले अर्को एक जना व्यक्तिको जीवन बचाउन महत्त्वपूर्ण काम हुने धारणा राख्नुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन् । १९औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा

    हेटौंडा–५ मा अतिक्रमण हटाउन डोजर, स्थानीयको विरोध

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन शुक्रबार डोजर चलाइएको छ । उपमहानगरपालिकाले सडक

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने…

    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

    आज गणतन्त्र दिवस मनाइदै

    काठमाडौं : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ

    जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने

    काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई

    आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको…

    काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । सरकारले पर्वको

    Techie IT