Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १६ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारएनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

    एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग


    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति बैंकिङ क्षेत्रका चार प्रमुख छाता संगठनहरूले गम्भीर आपत्ति जनाएका छन् ।

    नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको पक्राउप्रति ध्यानाकर्षण भएको बताएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो ।

    संगठनहरूले बैंक तथा वित्तीय संस्था प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुने उल्लेख गर्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ ले कर्जा असुलीका लागि बैंकलाई विशेष अधिकार दिएको बताएका छन् । उनीहरूका अनुसार कर्जा असुली सुनिश्चित गर्नु बैंकका प्रमुख कार्यकारी अधिकृतको महत्वपूर्ण जिम्मेवारी हो ।

    विज्ञप्तिमा कर्जा असुलीकै विषयलाई लिएर सीईओ पक्राउ गरिनुले बैंकिङ क्षेत्रको साखमा नकारात्मक असर पर्न सक्ने र समग्र वित्तीय स्थायित्वमै चुनौती उत्पन्न हुन सक्ने उल्लेख गरिएको छ ।

    संगठनहरूले अनुसन्धान प्रक्रियामा सहयोग गर्ने वातावरण बनाउन ‘पहिले सुन अनि थुन’ को सिद्धान्त अपनाउन आग्रह गर्दै पाण्डेलाई थुनामुक्त राखेर अनुसन्धान अगाडि बढाउन सम्बन्धित निकायसँग अपिल गरेका छन् । साथै, बैंकको गरिमा र उच्च पदस्थ कर्मचारीको मर्यादालाई ध्यानमा राख्दै अनुसन्धानका क्रममा अनावश्यक थुनामा नराख्नुपर्ने उनीहरूको माग छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन् । १९औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा

    हेटौंडा–५ मा अतिक्रमण हटाउन डोजर, स्थानीयको विरोध

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन शुक्रबार डोजर चलाइएको छ । उपमहानगरपालिकाले सडक

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने…

    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

    आज गणतन्त्र दिवस मनाइदै

    काठमाडौं : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ

    जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने

    काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई

    आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको…

    काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । सरकारले पर्वको

    Techie IT