Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १६ शनिबार

    अपडेट
    गृहपृष्ठखेलकुदकमिन्सलाई आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य

    कमिन्सलाई आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य


    सनराइजर्स हैदराबादले अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ ।

    प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए । उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो । चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो ।

    तर हैदराबाद त्यसपछि अक्सनमा आएको थियो । हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भएको थियो । तर बेंगलोरले २० करोड २५ लाखपछि मूल्य लगाएन । हैदराबादले २० करोड ५० लाख रुपैयाँमा किनेको हो ।

    यो आइपिएल अक्सनमा पाएको सर्वाधिक मूल्य हो । यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । त्यस्तै गतवर्ष क्यामरन ग्रीनलाई मुम्बईले गतवर्ष १७ करोड ५० लाख भारुमा किनेको थियो ।

    कमिन्सलाई २०२० मा कोलकाताले १५ करोड ५० लाख भारुमा किनेको थियो । २०२२ मा भने कोलकाताले ७ करोड २५ लाख भारुमा किनेको थियो । कमिन्सले तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ पनि गर्ने गर्दछन् । त्यस्तै अष्ट्रेलियालाई यस पटक विश्वकप उपाधि जिताउन सानदार कप्तानी पनि गरेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काभा महिला भलिबलको उपाधिका लागि आज इरान र काजकिस्तान भिड्दै

    काठमाडौं । जारी काभा महिला भलिबल च्याम्पियनसिप  अन्तर्गत काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । काठमाडौंको राष्ट्रिय खेलकुद

    नेपाली एमएमए फाइटर रविन्द्र ढाँट सेमिफाइनलमा

    काठमाडौं । रविन्द्र ढाँट ले प्रतिष्ठित ‘रोड टु यूएफसी’ सिजन ५ अन्तर्गत ब्यान्टमवेट विधाको सेमिफाइनलमा स्थान बनाएका छन् । चीनको

    पूजा महतोको शानदार अर्धशतक, चीनसामु नेपालले राख्यो १२६ रनको लक्ष्य

    काठमाडौँ । पूजा महतोको उत्कृष्ट अर्धशतकको मद्दतमा नेपालले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत चीनसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ

    नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै

    काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन्

    माल्दिभ्समाथि सानदार जित निकाल्दै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

    काठमाडौँ । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित

    बार्सिलोनालाई महिला च्याम्पियन्स लिगको उपाधि

    काठमाडौं । सर्वाधिक आठपटकको विजेता फ्रेन्च टोली लियोनविरुद्ध ४–० को सानदार जित निकाल्दै स्पेनको बार्सिलोनाले यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि

    Techie IT