Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १६ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिभुतपूर्व सैनिकहरुले पुर्‍याएको योगदान महत्वपूर्ण – सभापति देउवा

    भुतपूर्व सैनिकहरुले पुर्‍याएको योगदान महत्वपूर्ण – सभापति देउवा


    ललितपुर/२२ फागुन, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भुतपूर्व सैनिकहरुले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
    पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बिहिबार आयोजित नेपाल भूतपूर्व सैनिक संघको छैठौं केन्द्रीय महाधिवेशन समुद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भएमात्रै काँग्रेस पार्टी बलियो हुने भन्दै काँग्रेस बलियो भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्ने बताउनुभयो ।
    “लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ,सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो पार्टी बलियो हुन्छ। नेपाली काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।” सभापति देउवाले भन्नुभयो ।
    उहाँले भुतपूर्व सैनिकका सेवा र सुविधाका बिषयमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताउनु भयो । उहाँले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराउनु भयो । उहाँले गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।
    “नेपालका भुतपूर्व सैनिक साथीहरुको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाइनेछ। नेपाली भुतपूर्व सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ ।”उहाँले भन्नुभयो ।
    पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भुतपूर्व सैनिकहरुको त्याग, तपस्या र बलिदानले नेपाली कांग्रेसले यो स्थान हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई थप व्यवस्थित बनाउन अनुशासनको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्छ भन्नुभयो ।
    लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन निर्देशक समितिका प्रमुख एवम् केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भुतपूर्व सैनिक संघ पार्टीले भर गर्न सक्ने संगठनका रुपमा विकसित हुन सकोस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो । उहाँले नेपाली सैनिकको नाम लिने वित्तिकै विश्वले शिर उच्च बनाउने अवस्था रहेको भन्दै पार्टीलाई पनि अनुशासित बनाउन महत्त्वपूर्ण योगदान दिन आग्रह गर्नुभयो । बस्नेतले सार्वजनिक खपतका लागि पार्टीभित्रको बिषयलाई अनावश्यक उछाल्ने काम हुन नहुने भन्दै सैनिक संघलाई बलियो बनाउँदा पार्टी बलियो हुने प्रष्ट पार्नुभयो ।
    नेपाली कांग्रेसको महिला विभागको प्रमुख एवम् केन्द्रीय सदस्य पुष्पा भुुसालले भुतपूर्व सैनिकहरुले हरेक राजनीतिक उत्तरचढावमा काम गर्न, नेपालको पहिचान कायम राख्न ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।
    कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले लोकतान्त्र प्राप्ति र पुन:प्राप्तिको आन्दोलनमा भूतपूर्व सैनिकहरुको महत्त्वपूर्ण योगदान रहेको बताउँदै भूतपूर्व सैनिकले जानेको सीप र दक्षतालाई पार्टीमा उपयोग गरेर बलियो बनाउनुपर्छ भन्नुभयो। उहाँले पार्टीको अबको यात्रामा भूतपूर्व सैनिकको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ भन्नेमा जोड दिनुभयो ।आजबाट सुरु भएको संघको राष्ट्रिय महाधिवेशन फागुनसम्म  २४ गतेसम्म चल्नेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन् । १९औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा

    हेटौंडा–५ मा अतिक्रमण हटाउन डोजर, स्थानीयको विरोध

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन शुक्रबार डोजर चलाइएको छ । उपमहानगरपालिकाले सडक

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने…

    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

    आज गणतन्त्र दिवस मनाइदै

    काठमाडौं : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ

    जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने

    काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई

    आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको…

    काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । सरकारले पर्वको

    Techie IT