Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १६ शनिबार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियराष्ट्रिय सभा अध्यक्ष दाहाल र थाइ सिनेट अध्यक्ष सुरसज्जाबिच भेट

    राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाइ सिनेट अध्यक्ष सुरसज्जाबिच भेट


    जेनेभा/ ३० असोज, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटघाट भएको छ ।
    अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आउनुभएका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबिच भेटवार्ता भएको हो ।
    भेटवार्तामा दुई देशबिचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका बारेमा छलफल भएको थियो ।
    सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबिच बलियो सम्बन्ध सेतुको काम गरेको बताउनुभयो ।
    थाइ पर्यटकका लागि भगवान बुद्धको जन्मस्थल लुम्बिनी महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको बताउँदै अध्यक्ष दाहालले थाइ सरकारले लुम्बिनी पवित्र बगैंचामा थाइ शैलीको बिहार निर्माण गरेर थाइ पर्यटकलाई नेपाल भित्र्याउन थप मद्दत गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
    “दुवै देशका नागरिक वर्षेनी पर्यटकको रुपमा आउने जाने गरिरहेको भन्दै उहाँले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटन लगायतका माध्यमबाट नेपाल–थाइल्याण्डबिच जनस्तरको सम्बन्ध प्रगाढ हुँदै गइरहेको मैले पाएको छु ।”
    आफूहरुले नेपाल–थाइल्याण्ड संसदीय मैत्री समूह गठन गरेको बताउँदै अध्यक्ष दाहालले मैत्री समूहमार्फत् दुई देशका संसदले संसदीय अभ्यास, कानुन निर्माण, अनुभव आदानप्रदान गरि लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
    साझा सरोकार र आपसी हितका विषयहरुमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देश आपसी सहयोग र सहकार्य गर्दै आएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबिचको साँस्कृतिक सम्बन्धका साथै आपसी हितका सबै आयामहरुमा थप सहकार्य गर्दै अघि बढनु आवश्यक रहेको बताउनुभयो ।
    सो अवसरमा थाइल्याण्ड सिनेटका अध्यक्ष सुरसज्जाले नेपाली संसदीय टोलीसँगको भेट र सम्मानले आफूलाई निकै खुसी लागेको भन्दै यस किसिमको भेटघाट र छलफलले द्विपक्षीय सम्बन्ध बढाउन सहयोग पुग्ने बताउनुभयो ।
    बहुसंख्यक थाइ जनताले बौद्ध धर्म मान्ने गरेको उल्लेख गर्दै अध्यक्ष सुरसज्जाले बुद्ध जन्मभूमि नेपाल आफ्नो पनि सपनाको गन्तव्य भएको बताउनुभयो ।
    नेपालको हस्पिटालिटीमा थाइल्याण्डबाट भएको लगानीले रोजगारी सिर्जनामा राम्रो सहयोग भइरहेको भन्दै उहाँले आगामी दिनमा पनि दुवै देशको हितमा आर्थिक विकासका कामहरु गर्न सकिने बताउनुभयो ।
    थाइ पर्यटकहरुको लागि बुद्ध जन्मभूमि लुम्बिनी निकै महत्त्वपूर्ण पर्यटकीय स्थल भएको बताउँदै सुरसज्जाले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आए थाइ पर्यटकहरुलाई धेरै सहज हुने थियो भन्नुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन् । १९औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा

    हेटौंडा–५ मा अतिक्रमण हटाउन डोजर, स्थानीयको विरोध

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन शुक्रबार डोजर चलाइएको छ । उपमहानगरपालिकाले सडक

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने…

    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

    आज गणतन्त्र दिवस मनाइदै

    काठमाडौं : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ

    अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण, बन्दर अब्बास क्षेत्रमा विस्फोट

    काठमाडौँ । अमेरिकाले इरानमाथि फेरि हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिणी इरानस्थित बन्दर अब्बास आसपासका क्षेत्रमा गएराति

    जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने

    काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई

    Techie IT