Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १६ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिआज जनआन्दोलन दिवस मनाइँदै

    आज जनआन्दोलन दिवस मनाइँदै


     काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुन:स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको हो ।विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो।

    नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो ।तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए। सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुन:स्थापना भएको हो ।

    यस अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन् । १९औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा

    हेटौंडा–५ मा अतिक्रमण हटाउन डोजर, स्थानीयको विरोध

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन शुक्रबार डोजर चलाइएको छ । उपमहानगरपालिकाले सडक

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने…

    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

    आज गणतन्त्र दिवस मनाइदै

    काठमाडौं : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ

    जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने

    काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई

    आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको…

    काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । सरकारले पर्वको

    Techie IT