Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १८ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारनेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट

    नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट


    काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ।

    शुक्रबार भएको उक्त भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी, विकास सहायता तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका क्रममा दुई देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत सहमति खोजिएको बताइएको छ।

    दूत गोरले यसअघि परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गरेका थिए।

    विहीबार साँझ काठमाडौँ आएका गोरले आजै सगरमाथा बेसक्याम्पको भ्रमणसमेत गरेका थिए। दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी कूटनीतिक सक्रियता बढिरहेका बेला, केही दिनअघि मात्र सहायक विदेशमन्त्री समिर पल कपूरको नेपाल भ्रमणपछि गोरको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बुद्ध जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिइनुपर्छ (भिडियो सहित)

    काठमाडौं । नेपाल बुद्ध धर्म सेवा संघका अध्यक्ष निम्तो शेर्पाले बुद्ध धर्मलाई राष्ट्रिय पर्वको मान्यता दिइनु पर्ने बताएका छन् ।

    नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी…

    काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ।

    ओलीद्वारा बुद्ध जयन्तीको शुभकामना, करुणा र शान्तिको सन्देश प्रसार

    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना

    नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ

    वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन

    काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्

    कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?

    काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेगनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा

    Techie IT