Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १७ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीति‘सुवर्ण शम्शेरकाे याेगदानले कांग्रेसलाई जीवन्त बनाउन र देशमा प्रजातन्त्र ल्याउन सम्भव भयाे।’

    ‘सुवर्ण शम्शेरकाे याेगदानले कांग्रेसलाई जीवन्त बनाउन र देशमा प्रजातन्त्र ल्याउन सम्भव भयाे।’


    ललितपुर/ १९ असाेज, सुवर्ण स्मृति परिषदकाे एघारौं साधारणसभामा धारणा राख्नुहुने बक्ताहरुले सुवर्ण शम्शेरकाे याेगदानले नै कांग्रेसलाई जीवन्त बनाउन र देशमा प्रजातन्त्र ल्याउन सम्भव भएकाे बताएका छन् ।
    परिषदकाे शुक्रबार ललितपुरमा आयाेजित साधारणसभामा मन्तव्य राख्नुहुँदै परिषदका जेष्ठ सदस्य रामप्रसाद दवाडीले राणाले देशलाई नयाँ भिजन दिन खाेज्नुभएकाे थियाे भन्दै त्यसलाई राजा महेन्द्रले सत्ता हातमा लिएर असफल बनाइदिएको बताउनुभयो ।
    “उहाँले पार्टीमा पनि कुनै छुट्टै गुट बनाउनेतिर लाग्नुभएन, उदारवादी व्यक्तित्व  हुनुहुन्थ्यो, कुलबहादुर गुरुङले कुनै एक सञ्चार माध्यमलाई  दिनुभएको अन्तर्वार्तामा वि पी र सुवर्ण कांग्रेस भएर नै प्रजातन्त्र ल्याउन सम्भव भएको हाे  भन्नुभएको छ, वास्तवमा भूमिगतकालमा नेपाली कांग्रेसलाई पुरै सुवर्ण शम्शेरले नै पैसा दिएर सहयाेग गर्नुभएको थियाे।” दवाडीले भन्नुभयो ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन कृष्ण श्रेष्ठले सुवर्ण शम्शेरले आफ्नो जीवन प्रजातान्त्रिक व्यवस्था ल्याउनका साथै देश र जनताका लागि आत्माहुति गर्नुभएको बताउनुभयो ।
    “धनी परिवारकाे पुत्रले सहयाेग गरेर प्रजातान्त्रिक व्यवस्था फस्टाएको हाे, उहाँले पैसा दिएकाे मात्रै कुरा ठूलाे हैन, नेतृत्वलाई सफल बनाउन वि पी. ले भनेका हरेक कुरा मानेर सहयाेग गरेर पनि महत्त्वपूर्ण याेगदान गर्नुभएको थियो। सुवर्णकाे सम्मानलाई चिरस्थायी बनाउनुपर्छ, उहाँले आफ्नो सम्पत्ति दिएर कांग्रेसलाई हुर्काएकाे हाे।” श्रेष्ठले भन्नुभयो ।

    श्रेष्ठले पार्टी र देशकाे परिवर्तनका लागि त्याग गरेका पुराना व्यक्तिहरु सन्तुष्ट नभएसम्म पार्टीलाई सकरात्मक प्रभाव पर्न सक्दैन भन्नुभयो ।
    “जसले जीवन अर्पण गरे उनीहरुकाे अवस्था के छ भनेर साेधखाेज गर्नुपर्छ, यसका लागि तथ्यांकमा उतारेर राख्नुपर्छ ।” उहाँले भन्नुभयो ।
    उहाँले कुरा मात्रै गर्ने तर प्रभावकारी नीति, सिद्धान्त र दृष्टिकोण नहुने धेरै पार्टी भएर कुनै काम छैन भन्दै बलियो र प्रभावशाली तीनदेखि चारवटासम्म मात्रै पार्टी हुनुपर्नेमा जाेड दिनुभयाे।

    “आर्थिक रुपमा, पर्यटन प्रवर्द्धनमा कसरी विकास गर्न सकिन्छ भन साेच्नुपर्छ, सामुदायिक विद्यालयमा भएको लगानी अनुसार गुणस्तर सुधार्न लाग्नुपर्छ, नेताहरुमा पनि अनुशासन कायम हुन सकेन, जसका कारण लाेकतन्त्रप्रति वितृष्णा जाग्यो, यसका लागि हामीले सुधार गर्नुपर्छ, असन्तुष्टिलाई न्युनिकरण गर्दै जानुपर्छ।” उहाँले भन्नुभयो ।
    परिषदका अध्यक्ष उद्धव ढुंगानाले संस्था वि.सं. २०५८ सालमा गठन भएपनि २०७० सालसम्म कुनै काम हुन नसकेको बताउँदै सुवर्ण शम्शेरले नेपालमा प्रजातन्त्र ल्याउन र नेपाली कांग्रेसलाई जीवन्त राख्न गरेकाे याेगदानकाे चर्चा हुन नसकेको धारणा राख्नुभयाे। पार्टीले समेत परिषद गठन भएपछि मात्रै सुवर्ण शम्शेरकाे बारेमा ध्यान दिन थालेको भन्दै वि.सं. २०१७ सालदेखि २०२५ सालसम्म निर्वासनमा बस्नेहरुले मात्रै सुवर्ण शम्शेरलाई राम्रोसँग चिन्दछन् भन्नुभयो ।
    साधारणसभामा परिषदका महासचिव श्रीभद्र ओझाले संस्थाकाे बार्षिक प्रगति प्रतिवेदनका साथै भावी कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियाे ।

    सुवर्ण सम्शेर राणा वि.सं. २०१५ सालमा १ वर्ष नेपालका २०औं प्रधानमन्त्री ( मन्त्रिपरिषद्को अध्यक्ष) हुनुभएकाे थियाे। राणा परिवारमा जन्मेकाे भएपनि राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लाग्नुभएका सुवर्ण नेपाली कांग्रेसको कोषाध्यक्ष र पछि पञ्चायतकालमा बी. पी. कोइराला नजरबन्दमा हुँदा कार्यवाहक सभापति हुनुभएकाे थियाे।
    २३ वर्षको उमेरमा स्नातकोत्तर गरेका सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर हुनुहुन्थ्यो ।
    श्री ३ भीम शम्शेरका नाति तथा हिरण्य शमशेरका छोरा नेपालको बजेट इतिहासमा पहिलो बजेट ल्याउने व्यक्तितब हुनुहुन्थ्यो। १ सय ४ वर्षे राणा शासनको अन्त्य भएपछि गठन भएको सरकारका अर्थमन्त्री सुवर्ण शमसेरले २००८ सालका लागि बजेट ल्याउनुभएकाे थियो। राणा शासनकालमा र मुलुकको आम्दानी–खर्च विषय जनतालाई थाहा हुँदैन थियो ।
    प्रजातन्त्रको स्थापनापछि पहिलो पटक मुलुकको आम्दानी के कति हुन्छ, केमा खर्च हुन्छ यसको सार्वजनिक गरिएको थियो । २००८ मा सरकारको सामान्य आम्दानी ३ करोड ५ लाख सोह्र हजार अनुमान गरिएको थियो । खर्च भने ५ करोड ६९ लाख १५ हजार हुने अनुमान गरिएको थियो । जनताको जीवनस्तर उठाउनु र जनताको सांस्कृतिक तथा सामाजिक जीवन उकास्नु बजेटको उद्देश्य थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि

    राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने

    काठमाडौँ।सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका

    सार्वजनिक यातायातको भाडा पुनः ५ प्रतिशत वृद्धि

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। सार्वजनिक यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा

    कांग्रेसले कमला पन्तलाई बनायो राष्ट्रिय सभा दल नेता

    काठमाडौँ। नेपाली कांग्रेसले कमला पन्तलाई राष्ट्रिय सभा दल नेता चयन गरेको छ। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज पन्तलाई राष्ट्रिय

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    लमजुङ । हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सडकखण्ड अवरुद्ध भएको छ ।यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सर्तकर्ता अपनाउन आग्रह

    Techie IT