Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १५ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारपञ्चमहालक्ष्मी मन्दिर परिसर (श्रीवन धाम) मा सञ्चालित श्रीमद्भागवद् पितृमुक्ति महायज्ञ–२०८३ समापन

    पञ्चमहालक्ष्मी मन्दिर परिसर (श्रीवन धाम) मा सञ्चालित श्रीमद्भागवद् पितृमुक्ति महायज्ञ–२०८३ समापन


    मुना न्यौपाने काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ स्थित श्री पञ्चमहालक्ष्मी मन्दिर परिसर (श्रीवन धाम) मा सञ्चालित श्रीमद्भागवद् पितृमुक्ति महायज्ञ–२०८३ आजदेखि समापन हुँदैछ । पितृहरूको मोक्ष र शान्तिको कामना गर्दै आयोजना गरिएको यस महायज्ञमा हजारौँ भक्तजनहरूले सहभागी भई पितृ तर्पण र पूजा अर्चना गरेका थिए।

    अनन्त श्रीविभूषित मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबाज्यू)को सत्संकल्पमा आयोजित महायज्ञमा स्वामी कमलनयनाचार्यज्यूको उपस्थितिमा पूर्णाहुति र महाप्रसाद वितरणसँगै महायज्ञ सफलतापूर्वक सम्पन्न भएको श्री महायज्ञ सम्पादन मूल समितिले जनाएको छ ।

    यसैबीच, काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नं. ५, ईटाखेल मा नयाँ वर्षको सुरुवातसँगै सुरु भएको ‘श्री नेपालआमा राष्ट्रिय महायज्ञ–२०८३’ भव्य रूपमा सञ्चालन भइरहेको छ। वैशाख १ गतेदेखि सुरु भएको यो महायज्ञ आगामी वैशाख १५ गतेसम्म चल्नेछ।

    राष्ट्रिय भावना जागृत गराउने र मुलुकको समग्र कल्याणको लक्ष्य राखिएको यस महायज्ञमा दैनिक रूपमा आध्यात्मिक प्रवचन, हवन र भजन कीर्तन भइरहेका छन्। महायज्ञमा काठमाडौँ उपत्यका लगायत आसपासका क्षेत्रबाट दर्शनार्थीहरूको ठूलो घुइँचो लाग्ने गरेको छ। दिवङ्गत जिवात्माहरुको भगवतधाम प्राप्तीको लागि कामना गर्दै श्री नेपालआमा एवं देवपिृतको प्रसन्नताद्वारा राष्ट्रशान्ति र सुसमृद्धिको कामनासहित जल, प्रकृति, पर्यावरण र समस्त प्राणी मात्रको कल्याणको लागि महाज्ञत आयोजना गरिएको महायज्ञ संयोजक श्रीमती दयालक्ष्मी कटुवालले बताइन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विदेश पलायन रोक्ने होइन, सीप स्वदेशमै उपयोग गर्ने नीति आवश्यक…

    काठमाडौं ।  परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई केवल ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिले नहेरी अवसर, सिकाइ र विश्वव्यापी अनुभवको

    शेखर गोल्छा पक्राउविरुद्धमा दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई सकियो

    काठमाडौं ।  उद्यमी व्यवसायी शेखर गोल्छा पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। श्रीमानलाई कानुनविपरीत थुनामा राखिएको

    धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

    काठमाडौं ।  सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। अर्थ मन्त्रालयले मंगलबार सूचना जारी

    आज संसद्का दुई समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई महत्वपूर्ण समितिका बैठक बस्दैछन्। मंगलबार प्रतिनिधि सभाको पूर्वाधार विकास समिति र राष्ट्रिय सभाको विधायन

    देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायूसँगै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान

    जनताको विश्वास पाए सरकार सञ्चालन सहज हुन्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ प्रभावकारी र

    Techie IT