Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १५ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिथापाथलीसहित तीन बस्ती हटाइँदा १४४ परिवार सम्पर्कमा, अस्थायी बसोबासको व्यवस्था

    थापाथलीसहित तीन बस्ती हटाइँदा १४४ परिवार सम्पर्कमा, अस्थायी बसोबासको व्यवस्था


    काठमाडौँ । थापाथलीसहित तीन क्षेत्रमा १४४ परिवार सम्पर्कमा, अस्थायी बसोबासको व्यवस्था

    थापाथली, गैरीगाउँ र शान्तिनगरका नदीकिनार बस्तीबाट विस्थापित १४४ परिवार सरकारको सम्पर्कमा आएका छन्। शनिबार बस्ती खाली गराइएपछि बसोबासको समस्या परेका उनीहरूले आफ्नो विवरण सरकारमा दर्ता गराएका हुन्।

    सरकारका अनुसार उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशालामा राखी विवरण संकलन गरिएको थियो। त्यसपछि उनीहरूलाई अस्थायी रूपमा काठमाडौंका विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ।

    घरायसी सामानहरू भने रंगशाला र कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सत्संग ब्यास नेपालमा छुट्टाछुट्टै स्थानमा सुरक्षित रूपमा भण्डारण गरिएको छ।

    सरकारले काठमाडौं महानगरपालिका–९ को गैरीगाउँ, वडा नं. ३१ को शान्तिनगर र वडा नं. ११ को थापाथलीस्थित नदीकिनार तथा जोखिमपूर्ण सार्वजनिक जग्गामा रहेका बस्ती हटाउने कार्यलाई निरन्तरता दिएको छ। थापाथलीको बस्ती शनिबार बिहान शान्तिपूर्ण रूपमा खाली गराइएको थियो, जसमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान सार्न सहयोग गरेका थिए।

    यता, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका बस्ती हटाउने क्रममा शनिबार साँझ झडप भएको छ। ती बस्तीहरू आज खाली गरिने जनाइएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    शेखर गोल्छा पक्राउविरुद्धमा दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई सकियो

    काठमाडौं ।  उद्यमी व्यवसायी शेखर गोल्छा पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। श्रीमानलाई कानुनविपरीत थुनामा राखिएको

    धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

    काठमाडौं ।  सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। अर्थ मन्त्रालयले मंगलबार सूचना जारी

    आज संसद्का दुई समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई महत्वपूर्ण समितिका बैठक बस्दैछन्। मंगलबार प्रतिनिधि सभाको पूर्वाधार विकास समिति र राष्ट्रिय सभाको विधायन

    देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायूसँगै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान

    जनताको विश्वास पाए सरकार सञ्चालन सहज हुन्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ प्रभावकारी र

    नेपाल–चीनबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित

    Techie IT