Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १५ मंगलवार

    अपडेट
    गृहपृष्ठविश्वइरानसँगको युद्धमा १४० अमेरिकी सैनिक घाइते

    इरानसँगको युद्धमा १४० अमेरिकी सैनिक घाइते


    काठमाडौं । इरानसँग जारी युद्धका क्रममा करिब १४० अमेरिकी सैनिक घाइते भएको अमेरिकाको रक्षा मन्त्रालय ‘पेन्टागन’ले दिएको छ ।पेन्टागनका प्रवक्ता सीन पार्नेलले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा घाइते सैनिकमध्ये अधिकांशलाई सामान्य चोट लागेको र १०८ सैनिक उपचारपछि पुनः काममा फर्किसकेको बताएका छन् ।

    यद्यपि, उनले आठ अमेरिकी सैनिक गम्भीर रूपमा घाइते भएको र उनीहरूको उपचार भइरहेको जानकारी दिएका छन् ।

    वासिंगटन पोष्टका अनुसार इरानसँग सुरु भएको ११ दिनको युद्धपछि अमेरिकी सैनिकहरूलाई भएको क्षतिबारे यो पहिलो विस्तृत जानकारी सार्वजनिक भएको हो । जानकारी अनुसार इरानको तर्फबाट जवाफी कारबाहीका रूपमा रकेट र ड्रोनबाट आक्रमणहरू गरिएका थिए । यी आक्रमणहरूमा कुवेत र साउदी अरबमा तैनाथ सात अमेरिकी सैनिकको मृत्यु समेत भइसकेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते

    काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते

    संयुक्त राज्य अमेरिका–इरान युद्धपछि अमेरिकी हतियार भण्डार घट्यो, पुनः पूर्ति…

    काठमाडौँ । संयुक्त राज्य अमेरिका ले इरान सँग ३८ दिनसम्म चलेको युद्धमा व्यापक रूपमा महँगा र अत्याधुनिक क्षेप्यास्त्र प्रयोग गरेपछि

    होर्मुजमा इरानी अवरोध हटेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य

    काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुजको अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । युद्धविराम अवधिभर होर्मुज

    अमेरिका इरान शान्ति वार्ताको लागि विभिन्न नेताहरु सक्रिय

    काठमाडौँ। अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि बुधबार साउदी अरब

    हिन्द महासागरमा डुंगा दुर्घटना ,२५० जना बेपत्ता

    काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका

    होर्मुजमा नाकाबन्दी गर्ने तयारी,तेलको भाउ अकासिने चिन्ता

    काठमाडौँ।अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी

    Techie IT