Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १२ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारसालीनदी किनारबाट हतियारसहित दुई पक्राउ, गोली प्रहारपछि एक घाइते

    सालीनदी किनारबाट हतियारसहित दुई पक्राउ, गोली प्रहारपछि एक घाइते


    काठमाडौं । शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल, म्याग्जिन र गोलीसहित दुई जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ का ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङ रहेका छन्।

    लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा जीवन जिम्बाले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा उनी घाइते भएका छन्। हाल उनको सुस्मा कोइराला मेमोरियल अस्पताल, सलम्बुटारमा उपचार भइरहेको छ।

    प्रहरीले घटनामा संलग्न अन्य दुई फरार व्यक्तिको खोजी गरिरहेको र यसबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पोखरेलद्वारा विवादित व्यवहारमा माफी, ‘संयमता नदेखिएको स्वीकार’

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुंगाको एक विद्यालयका प्रधानाध्यापकसँगको विवादित व्यवहार सार्वजनिक भएपछि माफी मागेका

    पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

    काठमाडौं| राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले

    दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी

    काठमाडौं  | परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ। मन्त्रालयका

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने

    काठमाडौं ।  काठमाडौं महानगरपालिका ले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५

    आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    काठमाडौँ । आज नेपालभर लोकतन्त्र दिवस (वैशाख ११) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यो दिन नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक

    शेखर गोल्छा पक्राउ

    काठमाडौं : प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । उनलाई काठमाडौं नारायण चौरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले

    Techie IT