Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १२ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारललितपुरको इमाडोलमा रक्तदान कार्यक्रम सम्पन्न

    ललितपुरको इमाडोलमा रक्तदान कार्यक्रम सम्पन्न


    ललितपुर/ ८ फागुन: अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं २ इमाडोलस्थित श्री गम्भीर समुन्द्र सेतु माध्यामिक विद्यालयको प्राङ्गणमा ‘८४५औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ भव्यताका साथ सम्पन्न गरेको छ । फेब्रुअरी १८ तारिखमा विश्वव्यापी कल्याणकारी संस्था वीलभयू फाउन्डेसनका सदस्यहरू, उनीहरूका परिवार लगायत छिमेकीहरू गरी करिब ३२० जनाभन्दा बढी सहभागी भएर रक्तदान कार्यक्रम सम्पन्न भएको हो। मानिसहरूलाई रक्तदानमा निरन्तर रुचि राखेर सहभागी हुनलाई प्रोत्साहित गर्ने र जीवन बाँड्नुको महत्त्व बुझाउन सो कार्यक्रमको आयोजना गरिएको जानकारी दिइएको छ।

    “रगत कृत्रिम रूपमा बनाउन नमिल्ने र अरू कुराद्वारा प्रतिस्थापन गर्न नसकिने एक अमूल्य जीवन स्रोत हो, त्यसैले हाम्रा छिमेकीहरूलाई पुनः स्वस्थ दैनिक जीवनमा फर्काउन थोरै भए पनि मद्दत पुऱ्याउनका लागि सदस्यहरू एकजूट भएर लागिपरेका छन् । यस्तो कार्यक्रम ललितपुरमा मात्र नभएर देशका विभिन्न क्षेत्रमा लगातार आयोजना गरेर मानिसहरूलाई जीवन बाँड्नुको महत्त्व बोध गराउने एउटा माध्यम बनाउने योजना रहेको छ” वीलभयू फाउन्डेसन नेपालका अध्यक्ष किशोर सामसोहाङले बताउनुभयो। अध्यक्ष सामसोहाङले रक्तदान जस्तो परोपकारी कार्यको निम्ति प्रेरणादायी भूमिका निर्वाह गर्नुहुने अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गील जाज्यूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । वीलभयूको ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ एक जनाको रक्तदान दुई जना, चार जना हुँदै फैलिएर आदानप्रदानको सद्गुण चक्र निर्माण गर्ने उद्देश्य रहेको विश्वव्यापी जीवन बचाउने अभियान भएको जानकारी दिइएको छ । यसले स्थानीय समुदायमा रक्त आपूर्ति अभाव सुल्झाउन र विश्व स्वास्थ्य संगठनले अवलम्बन गरेको निःशुल्क स्वेच्छिक रक्तदानको संस्कृति फैलाउन योगदान पुऱ्याइरहेको जानकारी गराइएको छ ।

    कोरियाबाट सुरु भएर विगत २० वर्षदेखि विश्वका ठाउँ-ठाउँमा आयोजना हुँदैआएको यो कार्यक्रम रगतको खाँचो परेका छिमेकीहरूका लागि बलियो सहारा बनेको छ । गत वर्षसम्म, ६४ देशहरूबाट करिब १ लाख ३७ हजार जना सहभागी भएर ६२ हजार जनाभन्दा बढीले रक्तदान गरेका थिए । कार्यक्रममा सहभागीले प्राथमिक स्वास्थ्य जाँच गरेर रक्तदानको लागि योग्यता पुष्टि भएका १ सय ९० जनाले ७६ सय मिलिलिटर स्वस्थ रगत दान गरेका हुन्। रक्तदान कार्यक्रममा महालक्ष्मी नगरपालिकाको उपप्रमुख लक्ष्मी महर्जन, ललितपुर जिल्ला समन्वय समितिका उपप्रमुख रामलाल थिङ, टिकाथली प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक हरि कुमार खड्का, श्री गम्भीर समुन्द्र सेतु माध्यामिक विद्यालयको प्रधानाध्यापक निरा कुमारी श्रेष्ठ साथै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष केदार कुमार केसी र परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सचिव बोल बहादुर मगर लगायत अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता थियो । उपप्रमुख लक्ष्मी महर्जनले अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले सामाजको निम्ति महत्त्वपूर्ण योगदान गर्नुभएकोमा आभार व्यक्त गर्नभयो।

    आफैले पनि रगत अभावको समस्या भोग्दा जीवनको महत्त्व बुझ्न पुगेको जानकारी गराउँदै एक जनाले गरेको रक्तदानले अर्को व्यक्तिको लागि जीवनदान हुने भन्दै यस्तो पुन्य कार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो। गम्भीर समुन्द्र सेतु माध्यामिक विधालयकी प्रधानाध्यापिका निरा कुमारी श्रेष्ठले बाढीको कारणले विद्यालयमा क्षति पुगेको अवस्थामा स्वच्छ पिउने पानीको व्यवस्थाकालागि  वीलभयू फाउन्डेसनले गरेको भौतिक निर्माण र पिउने पानीका लागि फिल्टलगायतका उपकरणका साथै स्वयंसेवाले शैक्षिक क्षेत्रमा ठूलो योगदान पुगेको बताउनुभयोर उहाँले विद्यार्थीहरूको निम्ति स्वच्छ शैक्षिक वातावरण निर्माण गरिदिएकोमा वीभलयूलाइ धन्यवाद र आभार व्यक्त गर्नुभयो।

    संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभागको साझेदार सङ्गठन रहेको अन्तर्राष्ट्रिय वीलभयूले सबैले आदर पाउने दिगो शान्तिको लागि विश्वव्यापी कल्याणकारी गतिविधिहरू गर्दै आएको जानकारी फाउन्डेसनका केन्द्रीय सदस्य प्रेम श्रेष्ठले जानकारी दिनुभयो। वीलभयूले नेपालमा पनि विभिन्न स्वयंसेवा गतिविधिहरूमार्फत स्थानीय समुदायमा योगदान पुऱ्याउँदैआएको छ । गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको भक्तपुरको मध्यपुर थिमिका विद्यालयहरूमा सबै विद्यार्थीहरूका निम्ति शैक्षिक टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मत जस्ता कार्यहरू गरेर वीलभयूले भावी पुस्तालाई पनि सक्रिय रूपमा सहयोग गरेको जानकारी दिइएको छ। त्यस्तै वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि वीलभयू सक्रियतापूर्वक सरिक भएको जानकारी दिइएको छ ।

    सन् २०१५को महाभूकम्प पीडितका निम्ति राहत कार्य, भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण गर्ने कार्य पनि वीलभयूद्वारा आयोजना गरिएको थियो । जसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको फाउन्डेसनका केन्द्रीय सदस्य प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सालीनदी किनारबाट हतियारसहित दुई पक्राउ, गोली प्रहारपछि एक घाइते

    काठमाडौं । शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल, म्याग्जिन र गोलीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर बकैया

    पोखरेलद्वारा विवादित व्यवहारमा माफी, ‘संयमता नदेखिएको स्वीकार’

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुंगाको एक विद्यालयका प्रधानाध्यापकसँगको विवादित व्यवहार सार्वजनिक भएपछि माफी मागेका

    पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

    काठमाडौं| राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले

    दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी

    काठमाडौं  | परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ। मन्त्रालयका

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने

    काठमाडौं ।  काठमाडौं महानगरपालिका ले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५

    आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    काठमाडौँ । आज नेपालभर लोकतन्त्र दिवस (वैशाख ११) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यो दिन नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक

    Techie IT