परिचय खुल्ने ६ प्रकारका परिचय पत्रले मतदान गर्न पाइने
काठमाडौँ । बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ।निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुनेछ ।
निर्वाचन आयोगले मतदान गर्न जाँदा मतदाताहरूले आफ्नो परिचय खुल्ने ६ प्रकारका परिचय पत्रले मतदान गर्न पाइने स्पष्ट गरेको छ । आयोगले मतदाता परिचयपत्र बाहेक अन्य परिचय खुल्ने कागजले पनि मतदान गर्न पाइने स्पष्ट गरेको छ ।
आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ । मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।
मतदान केन्द्रमा पुगेपछि महिला र पुरूषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको हुनेछ।
शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्ने आयोगले जानकारी दिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सुनचाँदीको मुल्य बढ्यो
- २ सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ५ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने
- ६ गाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’
- ७ आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार

तपाईको प्रतिक्रिया दिनुहोस