प्रभु साहको उद्घोष—“म प्रधानमन्त्री भएँ भने नेपालमा विद्युत्, सञ्चार सेवा (मोबाइल र डाटा) तथा खानेपानी निःशुल्क उपलब्ध गराउनेछु”
कलैया, १६ फागुन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विदेशीलाई नागरिकता दिने भनेर घोषणापत्रमा लेख्ने रास्वपालगायतका दलहरुले तत्काल माफी माग्नुपर्ने र त्यस्ता दललाई निर्वाचन आयोगले खारेज गर्नुपर्ने बताएका छन् ।
बाराको सिम्रौनगढमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले २१ फागुनको निर्वाचनलाई लिएर दलहरुले ल्याएको घोषणापत्रमा विदेशीलाई नागरिकता दिने प्रावधान ल्याएको बताउदै यो राष्ट्रघाती कदम भएकाले चर्को विरोध गरेका छन् । उनले यस्तो घोषणापत्र ल्याउने दलहरूले तत्काल माफी माग्नुपर्ने र निर्वाचन आयोगले पनि ती दललाई खारेज गर्नुपर्ने माग गरेका छन् ।
रास्वपाले आफ्नो घोषणापत्रमा ‘‘गैरआवासीय नेपालीहरुको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिँदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरुलाई तत्काल अन्त्य गर्नेछौं’’ भनेर लेखेको छ ।
पूर्वमन्त्री साहले यस्तो कुराको वकालत गर्नु र आफ्नो घोषणापत्रमा लेख्नु राष्ट्रघाती काम भएको भन्दै विरोध गरेका छन् । नेपाली कांग्रेसले पनि ‘नेपाली डायस्पोरा ः अटुट सम्बन्ध, विस्तारित नेपाल शीर्षकमा ‘एक पटकको नेपाली सधैंको नेपाली’ भनेर लेखेको छ । कांग्रेसको घोषणापत्रमा लेखिएको छ, ‘हामी एक पटकको नेपाली, सधैंको नेपाली भन्ने भावनालाई आत्मसात गर्दै नागरिकताको निरन्तरता, सम्पत्ति र मतदानको अधिकार सुनिश्चित् गरेर डायस्पोराको सबै पुस्ताको भावना, ज्ञान, सिप र पुँजीलई देशको सम्मुनतिमा जोड्नेछौं ।’
साहले आफ्नो दलले विदेशीलाई नागरिकता दिने प्रावधान हटाएर राष्ट्र बचाउने कुरामा लड्ने उद्घोष गरे । एकपटकको नेपाली सधैंका लागि नेपाली हुन्छ भने एकपटकको अमेरिकी सधैंका लागि अमेरिकी हुन्छ कि हुँदैन ? भनेर पनि उनले प्रश्न उठाए । उनले भने, ‘यस विषयमा गम्भीर बहस आवश्यक छ ।’
उनले नेपालको भूमि आदिवासी जनजातिको भूमि भएको उल्लेख गर्दै भ्रमको खेती बन्द गर्न आग्रह गरे । उनले भने, ‘नेपालको भूमि आदिवासी, जनजातिको भूमि हो, क्षेत्री–ब्राह्मणको होइन । त्यसैले भ्रमको खेती बन्द गरौँ र राष्ट्रको स्वाधीनताको रक्षा गरौँ ।’
उनले नेपालको सम्पत्ति अवैध ढंगले विदेश लगिने गरेको भन्दै यसलाई रोक्नुपर्ने बताए । गैरकानूनी ढंगले नेपालको पैसा विदेश गएको भन्दै त्यसलाई रोक्नुपर्ने साहको माग छ ।
यस्तै, उनले कर प्रणालीमा सुधार गर्दै भ्रष्टाचार अन्त्य गरेर अर्थतन्त्र सुदृढ बनाउने पनि घोषणा गरेका छन् । उनले नेपालमा दुनियाँमा नभएको तीन तहको संघीयता र ७६१ वटा सरकार भएको भन्दै संघीयताको मूल मर्मलाई नै धुमिल पारिएको भन्दै आलोचना गरे । उनले अहिले नेपालमा दलतन्त्रको पराकाष्ठा भएको भन्दै यसको अन्त्यको लागि आफूहरु सुरुदेखि नै लड्दै आएको र आगामी दिनमा दलतन्त्रलाई उखेलेर फाल्ने पनि उद्घोष गरे । उनले अब जनतालाई नै देशको वास्तविक मालिक बनाईने घोषणा गरे ।
आजपा अध्यक्ष साहले अब देशमा मौलापुरको विकास मोडेल लागु गर्ने पनि घोषणा गरे । मौलापुरमा पानी, विजुली, शिक्षा, स्वास्थ्य सबै निःशुल्क सेवा दिईएको भन्दै अब देशव्यापी रूपमा मौलापुरको विकास मोडेल लागु गर्ने बताए । उनले भने,“यदि म प्रधानमन्त्री भएँ भने नेपालमा विद्युत् निःशुल्क, सञ्चार सेवा (मोबाइल र डाटा) निःशुल्क तथा खानेपानी निःशुल्क उपलब्ध गराइनेछु ।’
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सुनचाँदीको मुल्य बढ्यो
- २ सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार
- ५ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ६ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने
- ७ गाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’

तपाईको प्रतिक्रिया दिनुहोस