Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १२ शनिबार

    अपडेट
    गृहपृष्ठविश्वइरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा


    काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ ।उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए ।

    इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

    अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए । फार्स न्युज एजेन्सीका अनुसार सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।

    इरानकै तस्निम न्युज एजेन्सीले पनि खामेनीको मृत्यु पुष्टि भएको जनाएको छ ।

    ८६ वर्षीय खामेनी इरानमा सबै राजनीतिक र धार्मिक मामिलामा अन्तिम निर्णय लिने सर्वोच्च नेता थिए । १९८९ मा, इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको मृत्युपछि खामेनी इरानको सर्वोच्च नेता बनेका थिए । शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गर्ने १९७९ को क्रान्तिमा खामेनीले प्रमुख भूमिका खेलेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    होर्मुजमा इरानी अवरोध हटेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य

    काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुजको अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । युद्धविराम अवधिभर होर्मुज

    अमेरिका इरान शान्ति वार्ताको लागि विभिन्न नेताहरु सक्रिय

    काठमाडौँ। अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि बुधबार साउदी अरब

    हिन्द महासागरमा डुंगा दुर्घटना ,२५० जना बेपत्ता

    काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका

    होर्मुजमा नाकाबन्दी गर्ने तयारी,तेलको भाउ अकासिने चिन्ता

    काठमाडौँ।अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी

    इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी

    काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी दिएका छन्। चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको

    इस्लामावाद पुग्यो इरानी वार्ता टोली

    काठमाडौँ। अमेरिकासँग वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार अबेर राति पाकिस्तानको इस्लामावाद आइपुगेको छ । टोलीको नेतृत्व इरानी संसद्का सभामुख

    Techie IT