Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ११ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारयी स्थानमा आज वर्षाको सम्भावना, तराईमा तातो लहर

    यी स्थानमा आज वर्षाको सम्भावना, तराईमा तातो लहर


    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।यसको प्रभाव रहँदा देशका हिमाली भू–भागसहित कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी ‍प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

    राति, कोसी ‍प्रदेशको हिमाली र पहाडी भूभागलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।



    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने

    काठमाडौं ।  काठमाडौं महानगरपालिका ले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५

    आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    काठमाडौँ । आज नेपालभर लोकतन्त्र दिवस (वैशाख ११) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यो दिन नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक

    शेखर गोल्छा पक्राउ

    काठमाडौं : प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । उनलाई काठमाडौं नारायण चौरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले

    सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको…

    काठमाडौं, १० वैशाख । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी तयारीले सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकाहरु त्रसित भएका छन् । सुकुम्बासीको

    विश्वका प्रदूषित शहरको एक नम्बरमा काठमाडौँ

    काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै वायु प्रदूषणको मात्रा बढेको छ। बिहीबार काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ।

    संघीय संसदको अधिवेशन स्थगित

    काठमाडौँ । रामचन्द्र पौडेलले आव्हान गरेको संघीय संसदको अधिवेशन स्थगित भएको छ। राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१)

    Techie IT