Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठशिक्षामेलम्ची २ रहेको जाल्पा देवी माध्यामिक विद्यालयको ६५ औं बार्षिक उत्सव तथा ५० औं अभिभावक दिवस सम्पन्न 

    मेलम्ची २ रहेको जाल्पा देवी माध्यामिक विद्यालयको ६५ औं बार्षिक उत्सव तथा ५० औं अभिभावक दिवस सम्पन्न 


    सिन्धुपाल्चोक/ माघ ,श्री जाल्पा देवी माध्यमिक विद्यालय मेलम्ची २ जैसीगाउँमा ६५ औं बार्षिक उत्सव तथा ५० औं अभिभावक दिवस आइतवार सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य तथा उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले शिक्षामा गुणस्तरीयता ल्याउनका लागी नगरपालिकाले प्याकेजमा विभिन्न कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

    उहाँले विद्यालयको भवन निर्माणका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख तामाङले विद्यालयमा कम्प्युटर ल्याब,पुस्तकालय लगायतका सामग्री मर्मतसम्भार तथा स्तर वृद्धिका लागी आवश्यक सहयोग गर्ने बताउनुभयो साथै विद्यालयको माग अनुसार तरकारी खेतीका लागि आवश्यक सामग्री दिने बताउनु भयो । त्यस्तै उपप्रमुख उमा प्रधानले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी आवश्यक पर्ने सहयोगका लागी नगरपालिका तयार रहेको प्रतिबद्धता जाहेर गर्नुभयो  । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नारायण खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक हरिहर आर्चायले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष खतिवडाले विद्यालयको बर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै आगामी दिनमा आवश्यक सहयोगको माग गर्नुभयो  । कार्यक्रममा वडा नं . १ अध्यक्ष कृष्णमुररी  चौलागाई, वडा नं .२ का अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजसेवी मित्र लाल चौलागाई, हर्क बहादुर तामाङ ,कुमार चौलागाई, विष्णु प्रसाद ढुंगाना लगायतले शिक्षा सुधारका लागि आवश्यक सुझाप राख्नु भएको थियो। विद्यालय उत्कृट भाई बहिनी हरुलाई  विभिन्न विधाका पुरस्कारले सम्मानित गरिएको थियो वडा नं २ का अग्रज  समाजसेवी , आभिभावकहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । यस विद्यालयको शैक्षिक सत्र २०६४ का एसएलसी परीक्षामा समावेश भएका पूर्व विद्यार्थीहरुले विद्यालयमा अति आवश्यक रहेको ICT सामग्री CANON 3010 Color Printer हस्तान्तरण गरेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वीरगञ्जमा एकाबिहानै चल्यो डोजर

    वीरगञ्ज| मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

    १२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस

    काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    Techie IT