Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ५ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिप्रधानमन्त्रीले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

    प्रधानमन्त्रीले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

    प्रतिवद्धता पुरा नगर्ने मन्त्रालयका मन्त्रीहरु फेरीने


    काठमाडौँ प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।आफ्नो नेतृत्वमा सरकार गठन भएको एक बर्ष पुरा भएको अवसरमा प्रधानमन्त्रीले पुस १० गते म‌गलबार राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।

    जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,  ” यही पुस १० गते मेरो १ बर्ष पुरा हुन्छ । १० गतेको दिन नै राष्ट्रका नाममा सम्बोधन गर्नेछु र ११ गतेबाट नयाँ प्रक्रियाबाट विकास निर्माण र जनताको सेवाका काम अगाडि लैजाने प्रतिबद्धता गरेको छु” ।

    प्रधानमन्त्री प्रचण्डले एक बर्षमा के गर्ने भनि प्रतिवद्धता गरे अनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर गरेर भएपनि  कामलाई गति दिने बताउनु भयो ।

    मन्त्रालयले गरेका कामहरूबारे अहिले आफूले लगातार जानकारी लिइरहेको बताउँदै प्रतिबद्धता अनुसारका काम नगर्ने मन्त्रालयहरु पनि रहेको भन्दै त्यस्ता मन्त्रालयमा मन्त्री हेरफेर गरिने उल्लेख गर्नुभयो ।

    ‘मन्त्रीहरूलाई बोलाएर के-के काम भएको छ भनेर जानकारी लिएको छु। केही मन्त्रालयमा प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्,’ उहाँले भन्नुभयो, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिने छु ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

    १२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस

    काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    Techie IT