Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिपरराष्ट्रमन्त्री साउदकाे टिप्पणी शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी हुनुपर्छ

    परराष्ट्रमन्त्री साउदकाे टिप्पणी शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी हुनुपर्छ


    काठमाडाै -परराष्ट्रमन्त्री एनपी साउदले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताउनुभएको छ।
    नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको भन्दै उहाँले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताउनुभएको हो।
    ‘मानव विकास सूचकांक अल्पविकसित देशबाट स्तनोत्तरी हुने तीन मापदण्डमध्ये एक हो र यो हामीले वर्षौंअघि पूरा गरेको पहिलो मापदण्ड थियो,’ साउदले यूएनडीपीले मंगलबार काठमाडौैैैैैैैैैैैैैैैंमा आयोजना गरेको क्षेत्रीय मानव विकास प्रतिवेदन–२०२४ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भन्नुभयो।
    बाह्य र आन्तरिक दुवै कारणले गर्दा एसडीजीमा नेपालको प्रगति सहस्राब्दी लक्ष्य जत्तिकै स्थिर हुन नसकेको पनि सरकारको प्रतिबद्धता बलियो रहेको उहाँको भनाइ छ।
    ‘बाह्य र आन्तरिक दुवै कारणले गर्दा एसडीजीमा नेपालको प्रगति सहस्राब्दी लक्ष्य जत्तिकै स्थिर हुन सकेको छैन। यद्यपि, हाम्रो प्रतिबद्धता बलियो छ,’ मन्त्री साउदले भन्नुभयो, ‘हाम्रो इमानदार प्रयास जारी छ। प्रतिवेदनले जलवायु परिवर्तनबाट उत्पन्न हुने खतरालाई पनि उजागर गरेको छ।’
    जलवायु परिवर्तनको खतराको बारेमा कुरा गर्दै गर्दा हिमालय क्षेत्रका मुलुकहरुले भोगिरहेका गम्भीर समस्याहरुका बारेमा उचित ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले भर्खरै सम्पन्न कोप–२८ मा पनि उक्त विषय मुख्य सन्देश रहेको पनि बताउनुभयो।
    सरकार युवालाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताका लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत रहेको भन्दै परराष्ट्रमन्त्री साउदले उक्त मिशनमा युएनडीपी जस्ता महत्वपूर्ण साझेदारहरूबाट प्राप्त निरन्तर सहयोगको लागि सरकार आभारी रहेको पनि बताउनुभयो।
    ‘नेपालको जनसंख्यामा युवाहरुको बाहुल्यता रहेको छ र काम गर्ने उमेरको यो जनसंख्या हाम्रो सम्पत्ति हो,’ उहाँले भन्नुभयो, ‘हामी हाम्रा युवाहरूलाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताको लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत छौं। हाम्रो यो मिशनमा हामी युएनडीपी जस्ता हाम्रा महत्वपूर्ण साझेदारहरूबाट प्राप्त निरन्तर सहयोगको लागि आभारी छौँ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वीरगञ्जमा एकाबिहानै चल्यो डोजर

    वीरगञ्ज| मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

    १२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस

    काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    Techie IT