कांग्रेसका जनप्रतिनिधिले नेतृत्व गरेका २१ स्थानीय तह सम्मानित
ललितपुर/२८ भदौ, कांग्रेसका जनप्रतिनिधिले नेतृत्व गरेका २१ स्थानीय तह सम्मानित भएका छन्, नेपाली कांग्रेसकाे स्थानीय तह समन्वय विभागकाे आयाेजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ वटा स्थानीय तहलाई तीन वटा विधामा सम्मान गरिएकाे हाे ।
कांग्रेसले कांग्रेसले महालेखा परिक्षककाे आ.व. २०७९/८० काे वार्षिक प्रतिवेदन अनुसार कम बेरुजु हुने ६ वटा स्थानीय तह, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आ.व. २०७९/८० काे स्थानीय तह संस्थागत स्वमुल्याङ्कनका आधारमा ७ वटा स्थानीय तह र आ.व. २०७९/८० काे स्थानीय तह वितीय सुशासन जाेखिम मुल्यांकनका आधारमा ८ वटा स्थानीय तहलाई सम्मान गरेकाे हाे।
कांग्रेसले महालेखा परिक्षककाे आ.व. २०७९/८० काे वार्षिक प्रतिवेदन अनुसार कम बेरुजु हुने स्थानीय तहहरुमा धादिङको नेत्रवती डवजाेङ गाउँपालिका, नुवाकोटकाे म्यागङ गाउँपालिका, सर्लाहीकाे विष्णु गाउँपालिका, काठमाडौंको नागार्जुन नगरपालिका, साेलुखुम्बुकाे साेलुदुधकुण्ड नगरपालिका र काभ्रेकाे पनाैती नगरपालिकालाई सम्मान गरेकाे छ।
त्यस्तै, आ.व. २०७९/८० काे स्थानीय तह संस्थागत स्वमुल्याङ्कनका आधारमा कांग्रेसले तीन वटा नगरपालिका चार वटा गाउँपालिकालाई सम्मान गरेकाे छ । सम्मानित हुने नगरपालिकाहरुमा धादिङको नीलकण्ठ नगरपालिका, रुपन्देहीको तिलाेत्तमा नगरपालिका र चितवनको रत्ननगर नगरपालिका रहेका छन् । त्यस्तै स्याङ्जाको अर्जुनचाैपारी गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका र धादिङको ज्वालामुखी गाउँपालिका रहेका छन् ।
त्यस्तै, आ.व. २०७९/८० काे स्थानीय तह वितीय सुशासन जाेखिम मुल्यांकनमा परेका चार वटा नगरपालिकाहरु इलामकाे इलाम नगरपालिका, चितवनकाे खैरहनी नगरपालिका, सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका र खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिकालाई नेपाली कांग्रेसले सम्मान गरेकाे छ । गाउँपालिकातर्फ सिन्धुलीकाे ध्याङ्लेद गाउँपालिका, दैलेखकाे महाबु गाउँपालिका, गुल्मीकाे मदाने गाउँपालिका र हुम्लाकाे सर्केगाड गाउँपालिकालाई सम्मानित गरेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- ४ खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
- ५ उपत्यकामा चल्यो रात्रिकालीन साझा बस
- ६ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ७ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार

तपाईको प्रतिक्रिया दिनुहोस