Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ४ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियविपद्पछिको दशै

    विपद्पछिको दशै


    काठमाण्डौं/२५ असोज,बाढीपहिरोको महामारीसँगसँगै नेपालीको घरआँगनमा दसैँ प्रवेश गरिसकेको छ । विपत्तिमा लतपतिएको देश अनि पर्वको उल्लास पनि सँगसँगै भयो । प्रकृतिको यो नियतिबाट सायदै मानव जाति अलग हुन सक्छ । तथापि जस्तोसुकै आपत्विपत्मा पनि धैर्य गर्न र रमाउन सक्ने गुण नेपाली नागरिकमा छ ।

    दसैँं नेपालीको ठुलै पर्व हो । हिन्दु समाजका विभिन्न समुदाय अनि वर्गले फरक फरक तरिकाले मनाउने गरे पनि यसको महिमा अनि महìवका अन्तर्य उस्तै उस्तै हुन्छन् । तथापि जसले जसरी व्याख्या गरे पनि दसैँंको महानता अलग्गै छ । यसलगत्तै तिहार अनि छठले अझै महिना दिनसम्म नेपालीको घरआँगनमा पर्वको उल्लास बाँकी नै रहने छन् ।

    गत असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण करिब २४६ जना मानिसको अकालमा मृत्यु भयो । १८ जना अहिले पनि बेपत्ता छन् । देशभरि यो वर्षाले ज्यानको मात्रै नभई अर्बौं रुपियाँको अन्नबाली नष्ट गरेको छ । हजारौँ मानिस विस्थापित भएका छन् । सयौँ घाइते छन् । अनि अर्बौंको भौतिक क्षति राज्यले बेहोर्नुपर्ने अवस्था आएको छ । यो विपत्तिसँगसँगै देशभरिका राजमार्ग, सहायक मार्ग अनि गोरेटोसमेत क्षतिग्रस्त भएका छन् । मुख्य राजमार्ग अहिले पनि खण्ड खण्डमा अवरुद्ध छन् । यसबाट दसैँका लागि मातृभूमि फर्किनेहरूले सास्ती बेहोरिरहनु परेको छ । दसैँं भनेको एउटा उमङ्ग, उल्लास अनि पारिवारिक र सामाजिक पुनर्मिलनको पर्व पनि हो ।

    नेपालीको एउटा महान् सामाजिक पर्व दसैँमा देशविदेशबाट समेत पारिवारिक सदस्य घर फिर्ने योग जुर्छ । यस्तो अवस्थामा रोजोरोटीका लागि घरबाहिर रहेका पनि फर्किरहेका छन् । विपत्का कारण अहिले देशभरि यातायातका साधन राम्रोसँग चलाउन नसकिने अवस्था छ । यस्तो अवस्थामा राज्यका सबै संयन्त्र परिचालन गरेर सडक सुचारु गर्न र यातायातको व्यवस्थापनका लागि स्थानीय सरकार अनि स्थानीय जनप्रतिनिधि अग्रसर हुनु पर्छ । सङ्घीय सरकारले उनीहरूसँग समन्वय गरेर तत्काल जनजीवन सहज बनाउन सकिन्छ । तत्काल आधारभूत राहतको व्यवस्थापनले पर्वका बेला विपत्मा परेका नागरिकलाई केही सहज हुन सक्छ ।

    विपत् भनेको आकस्मिक हुन्छ, प्राकृतिक यस्ता विपत्लाई चाहेर पनि मानव जातिले रोक्न सक्दैन । अबको युगमा पूर्वसूचनाका संयन्त्र विकास भइसकेका छन् । विपत्को पूर्वजानकारी अनि पूर्वानुमानले त्यसको क्षति कम गर्न मद्दत गर्छ । नेपालमा पनि यस्ता प्रणालीहरू खडा छन् । सरकारले सम्भावित विपत्बारे नागरिकलाई पूर्वजानकारी दिने र त्यसबाट बच्नका लागि सावधानी अपनाउन पूर्वसचेतना गराउने कार्य पनि गराउँदै आएको छ । तथापि हामीले यस्ता प्राकृतिक विपत्तिबाट हरेक वर्ष वा हरेक मौसममा क्षति बेहोर्दै आएका छौँ । यो नियतिबाट हामीले कहिल्यै छुटकारा पाउन सकेनौँ । पाठ पनि सिकेनौँ ।

    हरेक विपत् समस्या सँगसँगै समाधान पनि लिएर आउँछन् । छेक्न अनि रोक्न नसकिने यी विपत््बाट हामीले पाठसमेत सिक्नु पर्छ । हरेक वर्ष आउने बाढीपहिरो अनि अचानक आउने महाभूकम्पका धक्काले हामीलाई धेरै शिक्षा दिइसकेको छ । त्यसलाई हामीले ग्रहण गर्न मात्रै नसकेका हौँ । ग्रहण यस अर्थमा पनि विपत्पछिको क्षति न्यूनीकरण र त्यसपछिको व्यवस्थापनमा हामी जहिल्यै चुकिरहेका छौँ । उद्धार अनि राहत कार्यमा हामी जहिल्यै ढिलाइ गर्छौं । सरकार अनि सरकारी संयन्त्रले काम नगरेका होइनन् तर आपत्विपत्मा परेका नागरिकलाई महसुस हुने गरी राज्यका संयन्त्रले तत्परता नदेखाउँदा सरकारप्रति जनआक्रोश बढ्न जान्छ । भौगोलिक र प्राकृतिक रूपमै हाम्रो देश यस्ता विपत्को जोखिम रहेको भूगोल हो । भूकम्पदेखि बाढीपहिरो अनि भूक्षय, आगलागीजस्ता विपत्ले हामीलाई सधैँ छोइरहेका हुन्छन् । त्यसमा अहिले विश्वव्यापी समस्याका रूपमा रहेको विश्व तापमान वृद्धि र जलवायु परिवर्तनका असरले हाम्रोजस्तो विकासशील देशहरूलाई अझ विपत्का घेराभित्र धकेलिरहेका छन् ।

    आपत्विपत्बाट बच्न र बचाउने उपायको मन्थनका लागि भर्खरै मात्र हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसङ्घीय महासभामा सम्बोधन गरेर फर्किनुभएको छ । यी सबै विषयबाट हामीले सिक्नुपर्ने कुरा के हो भने राज्यले आफूसँग भएका संयन्त्र र संरचनालाई सधैँ तम्तयार अवस्थामा राख्नु पर्छ अनि उद्धार र राहतका लागि सबै संयन्त्र परिचालनको तत्परता रहिरहनु पर्छ । उद्धारका लागि अत्याधुनिक र सुरक्षित स्रोतसाधनको व्यवस्थापन अर्को महìवपूर्ण कुरा हो । राज्यको ढुकुटीले भ्याएसम्म हाम्रोजस्तो जोखिमयुक्त देशमा उद्धार र राहतका लागि एउटा अलग्गै संयन्त्र निकै अत्यावश्यक हो । यसबारे हाम्रा नीतिनिर्माताले तत्काल सोच्नु पर्छ । राष्ट्रको दीर्घकालीन योजनामा एउटा उद्धार संयन्त्रको निर्माणलाई प्राथमिकतामा राखिनु पर्छ । यो अहिलेको आवश्यकता भइसकेको छ । त्यस्तै प्रकृतिको दोहन रोक्नका लागि कडा कानुन बनाउनु पर्छ । भएका ऐन कानुनलाई तत्काल प्रभावकारी कार्यान्वयनमा ल्याउन जरुरी छ । अबका विकास निर्माण वा भौतिक संरचनाका निर्माण विपत् प्रतिरोधी बनाउनतर्फ राज्यले तत्काल कडा नीति अख्तियार गर्न जरुरी छ ।

    दुई दिनको वर्षाले देश दुई सातासम्म पनि अस्तव्यस्त छ । चाडपर्वको यो मौसमले पनि अझ अस्तव्यस्तता बढाइरहेको छ । सरकारी संयन्त्रसामु यही बेला धेरै कामका अभिभारा आइलागेका छन् । आपत्विपत्का बेला हुने कालोबजारी, उपभोक्तामाथि हुने ठगी अनि कृत्रिम अभाव सिर्जना भइरहेका छन् । राज्यका निकायले गर्ने बजार अनुगमनले आमनागरिकलाई छुन नसकेको आभास भइरहेको छ । यद्यपि बजार अनुगमन नियमित नै भइराखेका हुन्छन् तर चाडपर्वलाई लक्षित गरेर हुने अनुगमन पनि आम उपभोक्ताको हितमा हुन नसकेको गुनासा आइरहेका छन् । यस्तो अवस्थामा उपभोक्तालाई बजार सहजीकरणका लागि सरकारले एउटा छुट्टै संयन्त्र निर्माण गर्नु पर्छ । उपभोक्तामाथि हुने ठगी कार्य रोक्नका लागि तत्कालै कारबाही गर्ने अधिकारसमेत दिनु पर्छ । यसले चाडपर्वमा मात्रै होइन, अघिपछि पनि हुने कालोबजारी अनि कृत्रिम मूल्यवृद्धिलाई रोक्न मद्दत गर्छ ।

    बाढीपहिरोको महाविपत्तिपछि अझ सामुन्नेमा आएको अर्को चुनौती हो जनस्वास्थ्य । बाढीपहिरोमा धेरै क्षति भएको छ । त्यसमा पनि मानिसका लागि नभई नहुने कतिपय आधारभूत आवश्यकताका पूर्वाधार पनि क्षतिग्रस्त भएका छन् । जस्तो कि धेरै ठाउँमा खानेपानीका मुहान भत्किएका छन् । पिउने पानी वितरणका संयन्त्र खलबलिएका छन् । यही विपत्तिपछि काठमाडौँमा मेलम्चीको पानी नियमित हुन सकेन । आमनागरिकले ट्याङ्कर अनि जारका पानीबाटै जीवन धान्नु प¥यो । पिउने पानीका मुहान खलबलिँदा कैयौँ स्थानमा नागरिक अहिले दूषित पानी पिउन बाध्य भएका छन् ।

    बाढीपहिरोमा परेर कैयौँ पशुपन्छीको पनि ज्यान गएको छ । मृत मानव शरीरको अन्त्येष्टि तथा व्यवस्थापन भए पनि पशुपन्छीको मृत शरीरलाई त्यत्तिकै छोडिँदा त्यसको दुर्गन्धले जनस्वास्थ्यमा गम्भीर असर गरिरहेको हुन्छ । त्यसमा पनि बाढीपहिरोका कारण दूषित खाना र शुद्ध पिउने पानीको अभावले अर्को महामारी फैलिने खतरा हुन सक्छ । यस्तो अवस्थामा सरकारले स्थानीय सरकारलाई अझ चनाखो बनाउनु पर्छ । टोल टोलमा स्वास्थ्यकर्मी खटाउनेदेखि लिएर पिउने पानीका मुहान तत्काल मर्मतसम्भार गरेर शुद्ध पिउने पानी वितरण गर्न ढिलाइ गर्नै हुन्न । मनसुन बाहिरिने व्रmममा छ । पूर्ण रूपमा बाहिरिएको छैन । मनसुन सकिएर आगामी हिउँदका बेला पनि नेपालमा औसतभन्दा धेरै वर्षा हुन सक्ने प्रक्षेपण भइसकेका छन् ।

    हिउँदका मौसममा हुने वर्षा अनि त्यसबेला हुन सक्ने सम्भावित अरू पनि विपत्का लागि अहिले नै राज्यका संरचना तयारी अवस्थामा रहनु पर्छ । यद्यपि मनसुनको यो विपत्बारे धेरथोर पूर्वसूचना पहिला नै गरिएको थियो । तथापि सचेत र सावधानी अपनाउन नसक्नु अनि विपत्पछिको व्यवस्थापनमा चुक्नु भनेको कतै न कतै हाम्रा संयन्त्र जिम्मेवारीमा कमजोर भएकै हुन् भन्नेमा दुबिधा छैन । आगामी दिनमा यस्तो हुन नदिनका लागि अहिले नै सरकारले उनीहरूलाई सचेत गराउनेदेखि लिएर समीक्षा गरेर अघि बढ्न बढाउन प्रेरित गर्नु पर्छ ।

    विपत्का कारण अहिले आमजनजीवन अस्तव्यस्त भएको छ । त्यसमाथि चाडपर्व नागरिकको जीवन अझ अत्यासिलो भएको छ । जे जस्तो भए पनि आपत्विपत्का बेला राज्यको अभिभावकत्वको महìव अझ बढी महसुस हुनु पर्छ । अहिले नागरिकको घरआँगनमै सरकार छ । सरकारका प्रतिनिधि (जनप्रतिनिधि) छन् । उनीहरूले आमनागरिकको जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नु पर्छ ताकि सरकारप्रति आमनागरिकको अपनत्व महसुस होस् । यो अप्ठ्यारो परिस्थितिसँगै भित्रिएका चाडपर्वले आमनेपालीलाई यी चुनौतीको सामना गर्ने शक्ति र साहस प्रदान गरून् भन्ने अपेक्षा छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस

    काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    Techie IT