Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ४ शुक्रबार

    अपडेट
    गृहपृष्ठखेलकुदपाैडी खेलकाे विकास र विस्तार गरेर खेलाडीकाे भविष्य उज्ज्वल बनाउनुपर्छ – पूर्वमन्त्री बस्नेत

    पाैडी खेलकाे विकास र विस्तार गरेर खेलाडीकाे भविष्य उज्ज्वल बनाउनुपर्छ – पूर्वमन्त्री बस्नेत


    ललितपुर/ १५भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री माेहनबहादुर बस्नेतले पाैडी खेलकाे विकास र विस्तार गरेर खेलाडीकाे भविष्य उज्ज्वल बनाउनुपर्छ भन्नेमा जाेड दिनुभएको छ ।

    नेपाल पाैडी संघले आज शनिबार सातदोबाटोमा आयाेजना गरेको ५ दिने प्रशिक्षक प्रशिक्षणमा सहभागी प्रशिक्षक खेलाडीहरुलाई  प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य राख्नुहुँद‌ै पूर्वमन्त्री बस्नेतले पाैडी जस्तो स्वास्थ्यका लागि अत्यन्तै महत्त्वपूर्ण खेललाई नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गरेर खेलकाे विकास र खेलाडीकाे भविष्य उज्ज्वल बनाउनुपर्छ भन्नुभएको हाे ।
    पाैडी खेल्न जान्ने धेरै व्यक्तिहरु सवारी दुर्घटनामा समेत वच्च सफल भएको उदाहरण छ, यसले मानिसलाई आत्मनिर्भर वनाउँछ, पाैडी खेलाडीहरुले खेलकाे माध्यमबाट देशकाे नाम राख्न सफल भएका छन्, पाैडी क्षेत्रका प्रशिक्षक पाैडी खेलकाे पूर्वाधारकाे विकासका लागि सरकारले ध्यान दिनुपर्छ ।” उहाँले भन्नुभयो ।
    उहाँले खेलकुद क्षेत्रकाे विकासका लागि सहयाेग गर्ने प्रतिवद्धता जनाउनुभयाे । उहाँले खेलकुद क्षेत्र देशकाे एउटा गहना हाे भन्दै यस क्षेत्रकाे विकास गर्दै खेलाडीकाे संरक्षण गर्न राज्य, सरकार र राजनीतिकर्मीहरुले संरक्षणमा ध्यान दिनुपर्छ भन्नुभयो ।संघका अध्यक्ष अध्यक्ष जगतमान श्रेष्ठले नेपाल पाैडी संघले यस क्षेत्रका खेलाडीहरुकाे क्षमता अभिबृद्धिका साथै संरक्षणका लागि ध्यानपूर्वक लागि पर्ने बताउनुभयो ।
    संघका महासचिव इश्वर कार्की पानीमा हुने दुर्घटनाबाट वचन याे महत्त्वपूर्ण भएको भन्दै दिनकाे एक दुई घण्टा पाैडी खेल्न सक्दा मुटु र फाेक्साे स्वास्थ रहने जानकारी गराउनुभयाे । उहाँले पाैडी खेलबाट नाम र दाम दुवै कमाउने बताउनुभयो ।
    कार्यक्रममा नरदेवी आयुर्वेद अस्पतालका वाेर्ड सदस्य लेखनाथ लामा, नेपाली कांग्रेस सिन्धुपाल्चोकका महासमिति सदस्य रामकुमार थापालगायत खेल प्रशिक्षक, खेलप्रेमीहरुकाे उपस्थिति रहेकाे थियाे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० र एकदिवसीय खेलका लागि अलग अलग कप्तान बनाएको छ । दिपेन्द्र सिंह ऐरीलाई

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस

    काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    Techie IT