Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ४ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारवातावरण संरक्षणमा तीन वटै तह जिम्मेवार बन्न आवश्यक – वातावरणमन्त्री ठकुरी

    वातावरण संरक्षणमा तीन वटै तह जिम्मेवार बन्न आवश्यक – वातावरणमन्त्री ठकुरी


    ललितपुर/ २ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै वातावरण संरक्षणका लागि तीन वटै तह जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री शाही ठकुरीले वातावरण संरक्षणका क्षेत्रमा तीनै तहका सरकारको जिम्मेवारीबोध गराउँदै प्रभावकारी कदम चाल्न गतिविधि स्थानीय तहसम्म पु¥याएर काम पनि आवश्यक रहेको उल्लेख गर्नुभयो ।
    “वातावरणको क्षेत्र ठूलो छ, काम गर्नका लागि पर्याप्त जनशक्ति छैन । छुट्टै वातावरण मन्त्रालय गठनको सम्भावना पनि छैन, अब यसैलाई स्रोत सम्पन्न बनाएर वातावरणका गतिविधिलाई स्थानीय तहसम्म फैल्याउनुपर्छ भन्ने मेरो मान्यता छ”, उहाँले भन्नुभयो ।

    उहाँले शक्तिशाली राष्ट्रहरुले गरेको प्रदूषणका कारण नेपालले दुःख पाएको उल्लेख गर्दै क्षतिपूर्तिको लागि पहल गर्ने सरकारको तयारी रहेको जानकारी गराउनुभयो । “सदावहार हिउँ देखिने ठाउँमा हिउँ देख्न पाइँदैन, अन्य मुलुकले गरेको प्रदूषणका कारणले हामीले दुःख पाइरहेका छौँ । यसको क्षतिपूर्तिका लागि हाम्रो प्रयास रहनेछ”, उहाँले भन्नुभयो ।

    मन्त्री शाही ठकुरीले चुरे संरक्षण र विकासमा परेको असर न्यूनीकरणमा आफ्नो प्रयास रहने प्रतिबद्धता जनाउनुभयो । कानुन निर्माण र कार्यान्वयनमा पहल भइरहेको र सिंहदरबारमा प्लास्टिक निषेध अभियान अगाडि बढिसकेको उहाँले बताउनुभयो ।

    मन्त्री ठकुरीले वन्यजन्तुको बासस्थान र आहारको व्यवस्थापन नहुँदा मानव–वन्यजन्तुबीचको द्वन्द्व बढेकाले त्यसतर्फ सरकारले ध्यान दिने बताउनुभयो । उहाँले वातावरण संरक्षणका क्षेत्रमा हुने हरेक कार्यमा मन्त्रालय तहबाट नेफेज र रेडियो सगरमाथासँग निरन्तर समन्वय र सहजीकरण हुने बताउनुभयो ।

    नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष रोशनी अधिकारीले मन्त्री शाहीको नेतृत्वमा वातावरण संरक्षणमा उल्लेखनीय सकारात्मक काम सम्पादन हुनुका साथै वातावरण संरक्षणका लागि प्रभावकारी ऐन तथा नीति नियमहरु बन्नेछन् भन्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले वातावरणका मुद्दामा काम गर्नका लागि वन तथा वातावरण मन्त्रालयबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो ।

    समूहका महासचिव सविन शर्माले समूहको स्थापना, समूहले गरेका काम, कार्यक्षेत्र, जलवायु परिवर्तनका कारण परेको असर, अहिलेको अवस्था र दीर्घकालीन सोचलगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस

    काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    Techie IT