Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचाररवि र बालेनलाई प्रभु साहको चेतावनी रौतहटबासीलाई जंगलराज स्वीकार्य छैन

    रवि र बालेनलाई प्रभु साहको चेतावनी रौतहटबासीलाई जंगलराज स्वीकार्य छैन


    रौतहट, ६ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई रौतहटबासीले जंगलराज स्वीकार्य नगर्ने कडा चेतावनी दिएका छन् ।

    रौतहट–३ का उम्मेदवार समेत रहेका साहले आज मर्यादपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । रास्वपाका कार्यकर्ताहरुले चुनावी कार्यक्रमलाई लक्षित गर्दै उद्दण्डता प्रदर्शन गरेपछि आक्रोशित भएका साहले रौतहटबासीले जंगलराज अस्वीकार गर्ने बताए ।

    हिजो रौतहटको महम्मदपुरमा आयोजित चुनावी कार्यक्रममा पुगेर रास्वपाका कार्यकर्ताहरुले हुलहुज्जत, हुलदंगा र अस्वभाविक उदण्डता देखाएका थिए । आजपा अध्यक्ष साहले चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहँदा रास्वपाका कार्यकर्ताहरुले नाराबाजी गर्ने, गालीगलौज गर्ने र कार्यक्रम विथोल्न प्रयास गरेका थिए ।

    आजपा अध्यक्ष साहले रास्वपाका कार्यकर्ताहरुको यस्तो असभ्य व्यवहार र अमर्यादित गतिविधि तत्काल नियन्त्रण गर्न प्रशासनलाई आग्रह गरेका छन् । उनले भने, ‘हिजो महम्मदपुरमा हाम्रो चुनावी कार्यक्रममा घण्टी छापको नाममा देखाईएको हर्कत निन्दनीय छ । यसको विषयमा म रवि लामिछाने र बालेन शाहसँग सोध्न चाहन्छु–तपाईंहरुको सुशासन यही हो ? अर्काको चुनावी कार्यक्रममा हुलदंगा गर्न भनेर कार्यकर्तालाई निर्देशन दिनुभएको हो र ? यो त जंगलराज होईन र ?’

    देशको विकास भएन भनेर जवाफ माग्ने रास्वपाका नेताहरुलाई साहले केपी ओलीको पाउ परेर गृहमन्त्री खाने र पटक पटक सत्तामा जाने रवि लामिछानेसँग सोध्न भनेका छन् । आजपा अध्यक्ष साहले भने, ‘विकास भएन भन्ने जवाफ केपी ओलीसँग मिलेर पटक पटक सरकारको भोग गर्ने तिमीहरुले दिने हो कि लगातार विपक्षमा रहेर जनताको पक्षमा उभिएको प्रभु साहले दिने हो । ? अलिकति नैतिकता छ भने यसको जवाफ देउ ।’

    उनले अर्को पार्टीको कार्यक्रममा हुलदंगा गरी सामाजिक उपद्रो गर्ने अपराधीहरुलाई तत्काल गिरफ्तार गर्नपनि सुशीला सरकारसमक्ष माग गरेका छन् । उनले भने, ‘देशमा कानूनी शासन छ भने तत्काल दोषीलाई कारबाही होस । अन्यथा यहाँका जनताले ती हुलहुज्जत गर्नेहरुलाई प्रतिकार गर्नेछन् ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार

    काठमाडौं, ६ वैशाख । आम जनता पार्टी (आजपा)को काठमाण्डौ जिल्ला कमिटी पुनर्गठन गरिएकोछ । खगेश रंजितकारको अध्यक्षतामा ५७ सदस्यीय काठमाडौं

    राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

    काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको

    रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय

    करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा

    वीरगञ्जमा एकाबिहानै चल्यो डोजर

    वीरगञ्ज| मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

    Techie IT