Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठविश्वबङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

    बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला


    काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै त्यहाँको अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । राजधानी ढाकास्थित पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले कुल १० वर्षको जेल सजाय सुनाएको हो ।

    ढाकाको विशेष न्यायाधीश अदालत-४ का न्यायाधीश रबिउल आलमले सोमबार हसिनालाई १० बर्ष जेलको फैसला सुनाएका हुन् । अदालतले दुवै मुद्दामा शेख हसिनालाई पाँच-पाँच वर्षको जेल सजाय सुनाएको छ ।

    यी मुद्दाहरू राजधानी ढाका नजिकैको पूर्वाचोल क्षेत्रमा चलिरहेको राजुक नयाँ शहर परियोजनासँग सम्बन्धित छन् । त्यहाँ १० कट्ठाका दुई जग्गा अनुचित रूपमा बाँडफाँड गरिएको आरोप छ । अभियोजन पक्षका अनुसार, अभियुक्तहरूले आफ्नो पदको दुरुपयोग गरेर जग्गा बाँडफाँड प्रक्रियामा हेरफेर गरेका थिए । यो परियोजना राजधानी विकास प्राधिकरण (राजुक) अन्तर्गत पर्दछ ।

    नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले फेब्रुअरी १२ मा चुनावको तयारी गरिरहेको बेला यो फैसला आएको हो । हसिनाको पूर्व सत्तारूढ अवामी लिग पार्टीलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।

    शक्तिको दुरुपयोग गरेको आरोपमा हसिना यसअघि परियोजनामा भएको भ्रष्टाचारका अन्य चार मामिलामा दोषी ठहरिनुभएको थियो । ती मामिलाहरूमा अदालतले उहाँलाई कुल २६ वर्षको जेल सजाय सुनाएको थियो भने उहाँका छोरा सजीब वाजेद र छोरी साइमा वाजेदलाई पाँच–पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

    सबै अभियुक्तहरूलाई एक लाख टाका जरिवाना पनि तोकिएको छ । जरिवाना तिर्न नसकेमा थप छ महिना जेल सजाय हुनेछ । शेख हसिना हाल भारतमा बस्दै आएकी छिन् । उनलाई यसअघि आन्दोलनको क्रममा नरसंहार गरेको भन्दै मृत्युदण्डको सजाय समेत सुनाइसकिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    होर्मुजमा इरानी अवरोध हटेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य

    काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुजको अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । युद्धविराम अवधिभर होर्मुज

    अमेरिका इरान शान्ति वार्ताको लागि विभिन्न नेताहरु सक्रिय

    काठमाडौँ। अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि बुधबार साउदी अरब

    हिन्द महासागरमा डुंगा दुर्घटना ,२५० जना बेपत्ता

    काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका

    होर्मुजमा नाकाबन्दी गर्ने तयारी,तेलको भाउ अकासिने चिन्ता

    काठमाडौँ।अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी

    इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी

    काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी दिएका छन्। चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको

    इस्लामावाद पुग्यो इरानी वार्ता टोली

    काठमाडौँ। अमेरिकासँग वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार अबेर राति पाकिस्तानको इस्लामावाद आइपुगेको छ । टोलीको नेतृत्व इरानी संसद्का सभामुख

    Techie IT