Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ३ बिहीबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रसात महिनामा ८० अर्बको मालवस्तु आयात

    सात महिनामा ८० अर्बको मालवस्तु आयात


    काठमाडौँ । चालू आर्थिक वर्षको ७ महिनामा २९ वटा भन्सार नाका हुँदै ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको माल–वस्तु आयात भएका छन् । यीमध्ये १७ वटा भन्सार विन्दुबाट नेपालको तर्फबाट ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको माल–वस्तु निर्यात हुँदै गर्दा एक दर्जन ९१२ वटा० भन्सार निर्यात शून्य हुन पुगेका छन् ।
    भद्रपुर, चोभार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर भन्सार कार्यालय, महेशपुर भन्सार कार्यालय, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, राजविराज भन्सार कार्यालय, सिरहा भन्सार कार्यालय, सुनसरी भन्सार कार्यालय, सुथौली भन्सार कार्यालय, थाडी भन्सार कार्यालय र त्रिवेणी भन्सार कार्यालयबाट निर्यात शून्य भएका हुन् ।
    यस्तै, आयाततर्फ यी १२ वटा भन्सार नाकाहरुको केही न केही योगदान रहेको छ ।
    उत्तरतर्फका दुई मुख्य नाका तातोपानी भन्सार कार्यालयबाट समीक्षा अवधिमा १९ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ बराबरको मालवस्तु आयात हुँदा रसुवागढी, केरुङ भन्सार हुँदै ३२ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ बराबरको माल–वस्तु आयात भएको छ ।
    यी दुई भन्सारबाट ७ महिनामा क्रमशः ४० लाख ३५ हजार रुपैयाँ र १ अर्ब २७ करोड १४ लाख १७ हजार रुपैयाँ बराबरको माल–वस्तु चीनतर्फ निर्यात भएका छन् ।
    समीक्ष अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ८० अर्ब ३९ करोड ५६ लाख ७१ हजार रुपैयाँ बराबरको माल–वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । मुलुकमा हाल तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय उडानमा हालसम्म टीआईए मात्र नियमित भएकाले सोही विमानस्थलबाट यात्रुसहित वैदेशिक आयातनिर्यात भइरहेको छ ।
    यस्तै, समीक्ष अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमार्फत २० अर्ब १३ करोड ६८ लाख ४७ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको समेत विभागले जनाएको छ । कुल आयातको तुलनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हिस्सा ८.९५ प्रतिशत रहेको छ भने निर्यातमा २३.१९ प्रतिशत रहेको छ ।
    समीक्ष अवधिमा सबैभन्दा बढी वीरगन्ज भन्सार कार्यालयबाट ३ खर्ब ५ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ बराबरको माल–वस्तु आयात भएको छ भने सोही भन्सार कार्यालय हुँदै १६ अर्ब ७६ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
    यस्तै, विराटनगर भन्सार कार्यालयबाट ९७ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ बराबरको मालवस्तु आयात हुँदै १७ अर्ब ८६ करोड ६५ लाख रुपैयाँको निर्यात भएको छ ।
    भैरहवा भन्सार कार्यालयबाट १ खर्ब ३७ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ बराबरको माल–वस्तु आयात हुँदै गर्दा उता ७ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ बराबरको माल–वस्तु निर्यात भएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    Techie IT