Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ४ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिसमुदायले गर्ने काममा सरकारकाे हस्तक्षेपलाई कम हुने गरि मिलेर काम गर्नुपर्छ – महामन्त्री थापा

    समुदायले गर्ने काममा सरकारकाे हस्तक्षेपलाई कम हुने गरि मिलेर काम गर्नुपर्छ – महामन्त्री थापा


    ललितपुर/१५ भदौ, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुदायले गर्ने काममा सरकारकाे हस्तक्षेपलाई कम हुने गरि मिलेर काम गर्नुपर्छ भन्नुभएको छ ।१७ ओै पुस्तकालय दिवस एवम् १५९ ओैं माेती जयन्तीको अवसरमा गाेदावरी सामुदायिक पुस्तकालय स्राेत केन्द्रद्वारा आज शनिबार यहाँ आयाेजित मुखपत्र लाेकार्पण, साहित्यिक रचनाबाचन, बृहत् रक्तदान, सम्मान एवम् सांस्कृतिक कार्यक्रममा मन्तव्य राख्नुहुँदै उहाँले पुस्तकालय निर्माण जस्तो सामाजिक कार्य गर्न सहज नभएको र यसकाे व्यवस्थापनका कार्यमा सरकारकाे सहयाेग लिने नाममा परनिर्भरता बढ्दा  हस्तक्षेप हुने अवस्था आउन दिन नहुने बताउनुभएको हाे ।
    “पुस्तकालय निर्माण गर्ने जस्तो सामाजिक काम सहज हैन, यहाँकाे अग्रजहरुले वातावरण बनाएर पुस्तकालय स्थापना गरेकाे धन्यवाद भन्न चाहान्छु, अहिलेकाे समयमा सामुदायिक अध्ययन केन्द्रकाे आवश्यकता अझ धेरै छ, पुस्तकालयले सामुदायिक चेतना जनाउनु पर्ने र यसलाई नयाँ पुस्तालाई जाेड्नुपर्ने आवश्यकता छ। सूचनामाथि पहुँच जमाउने भन्दा प्राप्त गरेको सूचनाको बिवेचना गर्ने क्षमता हुनुपर्छ ।” उहाँले भन्नुभयो ।
    उहाँले विकासकाे पछिल्लो चरणमा रहेका देशहरूले विकासमा समुदायलाई जाेड्न नसकेसम्म विकास नहुने भन्दै यसका लागि पुस्तकालय महत्त्वपूर्ण हुने बताउनुभयो।
    “पुस्तकालय समुदायको एउटा अंग हाे, यसले अरुलाई पनि प्रेरित गर्छ । सामाजिक सञ्जाल र ग्याजेटहरुमा समय विताउने भन्दा पुस्तकमा समय विताउने कार्यलाई बढि जाेड दिनुपर्छ।” उहाँले भन्नुभयो ।
    गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन गाेदावरी नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि सामुदायिक पुस्तकालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे बताउनुभयो । पुस्तकालय मार्फत साहित्यिक क्षेत्रमा, सामामुदायिक क्षेत्रमा गाैरवपूर्ण काम गरेको बताउँदै राेजगार र तालिमका क्षेत्रमा पुस्तकालय मार्फत उल्लेखनीय काम हुने विश्वास व्यक्त गर्नुभयाे ।
    स्राेत केन्द्रका अध्यक्ष बरिष्ठकुमार अधिकारीले पुस्तकालयले मानिसकाे व्यक्तित्व विकासमा याेगदान पुर्‍याउने भन्दै पुस्तकालय सिङ्गो गाउँकाे सम्पत्ति भएको बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    Techie IT