Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ३ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियविस्थापितहरुकाे पुनर्वासका लागि छिट्टै सरकारले व्यवस्था गर्छ – गृहमन्त्री लेखक

    विस्थापितहरुकाे पुनर्वासका लागि छिट्टै सरकारले व्यवस्था गर्छ – गृहमन्त्री लेखक


    ललितपुर/२३ असोज : गृहमन्त्री रमेश लेखकले विस्थापितहरुकाे पुनर्वासका लागि छिट्टै सरकारले व्यवस्था गर्ने बताउनुभएको छ । मंगलबार ललितपुरको महाङ्काल गाउँपालिकाकाे गाेटिखेलमा बाढिपहिराे क्षेत्रकाे निरीक्षण गर्नुहुँदै विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै उहाँले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
    ” पुनःनिर्माण र पुनःस्थापनाकाे लागि सरकारले छिट्टै व्यवस्था गर्छ, यो समस्यामा कहाँ जाउँला? के गरुँला? यो नसोच्नुहोला । सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो ।” उहाँले भन्नुभयो ।
    उहाँले सरकार अत्यन्तै संवेदनशील भएर पुनःनिर्माणमा लाग्ने बताउनुभयाे ।
    “यसमा कुनै राजनीति छैन, कुनै पक्ष विपक्ष छैन्, तीन वटै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर हामीले यो विपद्पछिको समस्या समाधान गर्नु छ ।” गृहमन्त्री लेखकले भन्नुभयो ।
    मन्त्री लेखकले पालिकाहरुलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गर्नुभयो ।
    “लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरुप २५ हजार दिन्छौं ।” उहाँले भन्नुभयो।
    त्यस्तै, रक्षामन्त्री मानबीर राईले विपदबाट सृजित समस्या हल गर्नका लागि मिलेर काम गर्दा छिट्टै समस्या समाधान गर्न सकिने बताउनुभयाे ।

    स्थलगत निरीक्षणका क्रममा ललितपुर क्षेत्र नं. १ का संघीय सांसद उदयशम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयाल, महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, उपाध्यक्ष डाेल्मामायाँ गाेलेलगायतले यहाँकाे प्रभावित क्षेत्र, भएको क्षति र पुनःनिर्माण र पुनःस्थापनाकाे आवश्यकताका बारेमा जानकारी गराउनु भएको थियोे ।

    स्थलगत निरीक्षणका क्रममा आज सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको बढि प्रभावित ग्रामीण क्षेत्रमा गृहमन्त्री लेखकसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राइ र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढी/पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेको हाे । यसअघि गृहमन्त्री लेखकले आइतबार र साेमबार काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी क्षेत्रको प्रभावित स्थल अनुगमन गर्नुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    Techie IT