रुपन्देही-३ को उपनिर्वाचनका लागि दल दर्ता खुला
काठमाडौँ । आगामी १७ कात्तिकमा हुने रुपन्देही- ३ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।
आयोगले निर्वाचन आयोगमा दर्ता रहेका दलले उपनिर्वाचनको प्रयोजनका लागि साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ता गर्न आव्हान गरेको छ । आयोगले नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ अनुसार दल दर्ता गर्न आव्हान गरेको हो ।
उपनिर्वाचनका लागि आगामी असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । आयोगले सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गर्ने जनाएको छ ।
त्यस्तै उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
त्यस्तै असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।
निर्वाचन कार्यक्रम अनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
त्यस्तै उपनिर्वाचन प्रयोजनका लागि उम्मेदवारको मनोनयनको अधिकार दिने निर्णयको प्रतिलिपि, उम्मेदवारलाई पत्र प्रदान गर्ने पदाधिकारीको दस्तखत नमूना, संविधानको धारा २६९ को उपधारा (४) बमोजिमका शर्तहरू पूरा गरिएको भन्ने प्रतिबद्धता पत्र र आयोगबाट स्वीकृत चेकलिष्ट (रुजुसूची) पनि पेश गर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- ४ खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
- ५ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ६ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ७ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार

तपाईको प्रतिक्रिया दिनुहोस