परराष्ट्रमन्त्री डा. देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट
काठमाडौं/ ४ भदौ, भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको थियो ।
मन्त्री डा. देउवाले सोमबार नै भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको थियो । सोमबार दिउँसो उहाँहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यका बारेमा छलफल भएको थियो ।
भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा देउवा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा. देउवा यही भदौ ६ गते स्वदेश फर्कनुहुनेछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- ४ खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
- ५ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ६ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ७ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार

तपाईको प्रतिक्रिया दिनुहोस