देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त
काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।भारतिय सञ्चार माध्यमहरुका अनुसार उत्तराखण्डमा आज बिहान ५ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् ।गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो ।दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हाे। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ ।
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए।
शवहरू नराम्ररी जलेको बताइएको छ। मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ। हेलिकप्टर गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको थियो ।उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- ४ खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
- ५ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ६ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ७ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार

तपाईको प्रतिक्रिया दिनुहोस