गंगालाल अस्पताललाई पाँचसय शैयामा विस्तार गरिन्छ : मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् ।
मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
केपी शार्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका पौडेल गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन त्यहाँ पुगेका हुन् ।
मन्त्री पौडेलले केन्द्रका कार्यकारी निर्देशकलगायत कर्मचारीहरूसँग छलफल गरी अन्य विभिन्न विषयमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
सो क्रममा गङ्गालाल अस्पताललाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताए । उनले अन्य ६ वटै प्रदेशमा समेत हृदय रोग केन्द्रको स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउने बताएका छन् ।
अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार यस केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने उनले बताए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- ४ खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
- ५ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ६ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ७ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार

तपाईको प्रतिक्रिया दिनुहोस